सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १६:३६ 
  • काठमाडौँ, १९ वैशाख  । परीक्षण कालमा नै लोकप्रियता बटुलेको ‘नागरिक एप’ को आज औपचारिक उद्घाटन गरिएको छ । सम्पूर्ण नेपालीलाई डिजिटल सञ्जालमा गाँस्ने र त्यसैबाट सार्वजनिक सेवा सहज रुपमा नागरिकलाई उपलब्ध गराउने उद्देश्यले सो एप सार्वजनिक गरिएको छ ।

    ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो एपको भर्चुअल शुभारम्भ गर्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब लाइनबाट नभई अनलाइनबाट सरकारी सेवा प्राप्त गर्नका निम्ति सरकारले ‘नागरिक एप’ शुरुआत गरिएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो,“नागरिक एपको शुभारम्भ सुशासन कायम गर्दै नेपाललाई भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका निम्ति पारदर्शिता कायम गर्न, झन्भझटिलो र परम्परागत सरकारी प्रणाली र प्रक्रियालाई अन्त्य गर्दै पेपरलेस, फेसलेस गर्दै सेवा प्रदान गर्ने उद्देश्यले गरिएको हो ।

    ” सरकारका प्रवक्ता गुरुङले अब जनताले अनलाइनबाटै बैँक खाता खोज्न सक्ने जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजनाको रुपमै रहेको प्रत्येक स्थानीय तहमा द्रुत गतिको इन्टरनेट सेवालाई प्रत्येक स्थानीय तहका कार्यालय, विद्यालय, शिक्षण संस्था र सबै सार्वजनिक ठाउँमा पुयाउने कार्य आजदेखि शुरु भएको उहाँको भनाइ थियो । सरकारले सबै जनताको पहुँचमा पुयाउने गरी आजदेखि फाइभजी शुरुआत छ । पत्रकारको प्रेस कार्ड अनलाइनमार्फत नवीकरण गर्न पाइने सुविधा मिलाइएको छ ।

    त्यसैगरी सरकारले आजदेखि सबै सरकारी कार्यालयका बेवसाइट एकै ठाउँबाट हेर्न मिल्ने गरी व्यवस्था मिलाएको छ । उहाँले भन्नुभयो, “दूरसञ्चार सेवालाई सरल, सुलभ, भरपर्दो र विश्वसनीय बनाउँदै दुर्गम क्षेत्रका निम्ति दूरसञ्चार क्षेत्रको विशेष कार्यविधि बनाउँदैछौँ ।

    हामी सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय संकल्पलाई पूरा गर्न सूचना प्रविधिका क्षेत्रमा जोडिनु आवश्यक छ, त्यसमा जोडिएर समृद्ध नेपालको आधार निर्माण गर्नु जरुरी छ ।” सूचना तथा सञ्चार प्रविधि दिवसको महत्वलाई बुझेर नै मन्त्रालयले ‘समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने नारा अघि सारेको उहाँको भनाइ थियो । “सूचना प्रविधिको विकासका निम्ति डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा शुरु भएको छ, यो नेपालको गेम चेन्जर प्रोजेक्टका रुपमा रहेको छ, यसलाई कार्यान्वयन गर्ने प्रक्रियामै अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो ।

    कार्यान्वयनका निम्ति आवश्यक नीतिगत विषय, निर्देशिका, कार्यविधि र संरचनागत विषय केही परिर्वतन गर्दै प्रधानमन्त्रीको नेतृत्वमा निर्देशन समिति निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हामीले विकास भनेको सडक, पुल, भवन आदि निर्माण मात्रै बुझेका छौँ तर समृद्ध नेपाल र सुखी नेपालीको अवधारणामा डिजिटल नेपालको फ्रेमवर्कलाई प्रभावकारी कार्यान्वयनका निम्ति परम्परागत विकास नभई सञ्चार, सूचना प्रविधि क्षेत्रको विकास आजको आवश्यकता हो । हामीले विकासको अवधारणामा पनि परिवर्तन गर्नुपर्ने छ ।” सञ्चार तथा सूचना प्रविधिको विकास नभएसम्म समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा कार्यान्वयन गर्न नसकिने उहाँले बताउनुभयो ।

    सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सञ्चार तथा सूचना प्रविधिको प्रयोगले विश्वकै आर्थिक, शैक्षिक र स्वास्थ्यलगायत क्षेत्रमा परिवर्तन भएको जनाउँदै त्यसको हरेक क्षेत्रमा महत्वपूर्ण रहेको बताउनुभयो । विश्वमा सञ्चार तथा सूचना प्रविधिमा आएको विकासलाई आत्मसात् गर्दै नेपालले पनि सार्वजनिक सेवा प्रवाहलाई प्रविधियुक्त बनाउँदै लैजानुपरेको उहाँले स्पष्ट गर्नुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.