राष्ट्रिय

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सुनुवाइ शुरु
-न्युजभित्तो

काठमाडौँ, १३ जेठ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथि आजदेखि सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका एकल इजलासमा सुनुवाइ शुरु भएको हो । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी ३० रिट निवेदन दर्ता भएका छन् । अन्तरिम...

कोरोनाबाट जनता र शासकबाट संविधान जोगाउने दायित्व कांग्रेसमा : पौडेल
-न्युजभित्तो

काठमाडौं,१३ जेठ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाबाट जनता, शासकबाट संविधान र कांग्रेस पार्टी बचाउने दायित्व एकैसाथ आएको बताएका छन् । नेपाल प्रेस यूनियनको स्थापना दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै पौडेलले कोरोनाबाट नागरिकलाई बचाउनका लागि सरकारले...

कोरोनाको उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट बुझाउन बाइडनको निर्देशन
-न्युजभित्तो

काठमाडौं,१३ जेठ । कोरोनाभाइरसको उत्पत्तिको विषयमा बढ्दो विवादका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्टेलिजेन्स एजेन्सीलाई यसबारे पत्ता लगाउन तीन महिनाको अल्टिमेटम दिएका छन् । बाइडेनले एक बयान जारी गर्दै बाइडेनले अमेरिकी इन्टेलिजेन्स एजेन्सीलाई आफ्नो प्रयासलाई तीब्रता दिन र ९० दिनभित्र...

वागमतीका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक
-न्युजभित्तो

काठमाडौं १३ जेठ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशसभाको अधिवेशन, कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र ३० आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् । आज अपरान्ह पाँच...

आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बिच्चली
-न्युजभित्तो

बाजुरा, १३ जेठ । बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताउनुभएको छ । अलपत्र पर्नेमा सात वर्षीया करुणा नेपाली,...

बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई चार लाखको स्वास्थ्य सामग्री
-न्युजभित्तो

बागलुङ, १३ जेठ । ‘नेपाल हेरिटेज च्यारेटी फाउण्डेशन अफ विसी क्यानडा’को आर्थिक सहयोग, नेपाली कांग्र्रेसका युवा नेता जीत शेरचन र समाजसेवी विपिन मल्लको पहलमा चार लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पश्चिम बागलुङको प्रमुख स्वास्थ्य संस्थाका रुपमा रहेको...

तयारी पूरा नहुँदा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुन सकेन
-न्युजभित्तो

कावासोती, १३ जेठ  । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक तयारी पूरा हुन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुनसकेको छैन । चैत मसान्तसम्ममा स्वास्थ्य बीमा गरेकाहरुले सेवा लिने अवधि जेठ १ गतेबाट शुरु भएको छ ।...

सीमा नाकामा कडाइ
-न्युजभित्तो

वीरगञ्ज, १३ जेठ । दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ । भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश...

मनीषाले उपलब्ध गराइन् अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री
-न्युजभित्तो

काठमाडौं,१३ जेठ । पछिल्लो समय कलाकारहरु जरुरी स्वास्थ्य उपकरण जोहोमा समेत सक्रिय भएका छन् । अस्पतालमा अक्सिजन, भेन्टिलेटर लगायतका उपकरण अभाव भएपछि कलाकारको सक्रियता बढेको हो । अभिनेत्री मनीषा कोइरालाले भाइरसले सिर्जना गरेको स्वास्थ्य संकटमा सहयोगी हात अघि बढाएकी छिन् । ...

मृतकका परिवारलाई किरिया खर्च
-न्युजभित्तो

टीकापुर, १३ जेठ । कैलालीको टीकापुर नगरपालिकाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई रु १० हजार क्रियाखर्च उपलब्ध गराउने भएको छ । नगरपालिकाले कोरोना महामारीले आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन क्रियाखर्च उपलब्ध गराउने निर्णय गरेको हो । टीकापुरमा कोरोना महामारीको...