सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा विघटनबारे सुनुवाइको सुरुमै संवैधानिक इजलासका न्यायाधीशमाथि नै प्रश्न उठाइयो


  •    न्युजभित्तो/१६ जेष्ठ २०७८, आईतवार १२:२७ 
  • काठमाडौं,१६ जेठ। प्रतिनिधि सभा विघटनको निर्णयका विरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा आज पुनः सुरु भएको छ । शुक्रबार सुनुवाइको समय सकिएर हेर्दाहेर्दैमा स्थगित भएको सुनुवाइ आइतबार पुनः सुचारु भएको हो । सिधै संवैधानिक इजलासमा सुनुवाइ गरिएका ११ र साधारण इजलासबाट संवैधानिक इजलासमा पठाइएका १९ गरी कूल ३० रिटउपर सुनुवाइ जारी छ ।

    सुनुवाइको क्रममा न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रश्न उठाइएको थियो । अधिवक्ता गोविन्द बन्दीले न्यायाधीशमाथि नै प्रश्न उठाएपछि संवैधानिक इजलासका अध्यक्ष प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले लिखत माग गरेका छन् । शुक्रबार पनि न्यायाधीश श्रेष्ठमाथि प्रश्न उठेपछि सुनुवाइ स्थगित भएको थियो । शुक्रबार ८ रिटमाथि सुनुवाइ भएकोमा न्यायाधीशमाथि नै प्रश्न उठेपछि बाँकी रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखी सुनुवाइ स्थगित गरिएको थियो ।

    खासमा यसअघि नेकपाको एकीकरण बदर गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिने न्यायाधीश श्रेष्ठ नै हुन् । न्यायाधीश श्रेष्ठकै इजलासले ऋषि कट्टेलको तर्फबाट नेकपा नाममा आफ्नो दावी गर्दै दायर मुद्दाको फैसलामा एमाले र माओवादीको एकीकरण बदर गर्दै दुवै पार्टीलाई एकीकरणपूर्वको अवस्थामा फर्काइदिएको थियो । न्यायाधीश श्रेष्ठको त्यही फैसलाका विषयमा अधिवक्ता बन्दीले प्रश्न उठाएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.