सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृत्युदर


  •    न्युजभित्तो/१६ जेष्ठ २०७८, आईतवार १२:१६ 
  • राँझा, १६ जेठ । कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ । दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ ।

    गएरातिदेखि आज बिहानसम्म चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै बाहिरी जिल्लाका रहनुभएको छ भने पछिल्लो २४ घण्टामा बाँकेका बिरामीको मृत्यु शुन्य रहेको छ । अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने अधिकांश बाहिरी जिल्लाका सङ्क्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कोरोना सङ्क्रमणबाट हालसम्म बाँकेका २८८ को मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ को उपचारका क्रममा मृत्यु भएको छ । पछिल्लो पटक गएरातिदेखि आज बिहानसम्म यहाँका अस्पतालमा भर्ना भएका दाङ, बर्दिया र सल्यानका चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नं ४ निवासी ४२ वर्षीया महिलाको गएराति ११ः०० बजे मृत्यु भएको छ । यसैगरी भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बर्दिया बाँसगढी नगरपालिका– ३ निवासी ४२ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे, सल्यान बागचौर नगरपालिका– ८ निवासी ६१ वर्षीय पुरुषको बिहान ५ः३० बजे र बर्दिया बढैयाताल गाउँपालिका– ५ निवासी ५८ वर्षीया महिलाको आज बिहान ६ः४५ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.