राष्ट्रिय
कैलाली, १७ जेठ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोभिड–१९ सङ्क्रमण निको भएका व्यक्तिका लागि आजदेखि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन भएको छ । कोरोना सङक्रमण मुक्त भएकाका लागि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन भएकाले फलोअप जाँचका लागि अस्पतालमा आई...
दार्चुला, १७ जेठ। दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम शुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरु हुन नसकेको हो । व्यास गाउँपालिका–१ को तिङ्कर...
पाँचथर, १७ जेठ । पाँचथरमा आईतबार राती (गए राति) एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स राति २ः४० बजे...
काठमाडौं, १७ जेठ। नेपाल एयरलाइन्सको चार्टर विमान आज सोमबार बेइजिङ जाने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग दिने खोप लिन विमान बेइजिङ उड्न लागेको हो । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन...
रुपन्देही, १७ जेठ । राष्ट्रियसभाको लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि आज सोमबार मतदान हुँदैछ । दाङको घोराहीस्थित कर्मचारी मिलनकेन्द्रमा विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । नेकपा (माओवादी केन्द्र)बाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले...
काठमाडौं, १६ जेठ । नेपालमा कोरोनाले १८ जना पत्रकारको मृत्यु भएको छ। गतवर्ष चैतदेखि फैलिएको संक्रमणका कारण हालसम्म १८ जनाको मृत्यु भएको हो । नेपाल पत्रकार महासंघका अनुसार संक्रमित पत्रकारको संख्या भने ९ सयभन्दा बढी पुगेको छ । ‘महासंघका महासचिव...
काठमाडौं,१६ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन...
काठमाडौं,१६ जेठ । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको...
डोटी, १६ जेठ । आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई गत बुधबार राति आगो लगाएर जलाउने व्यक्ति अझै फेला पर्न सकेका छैनन् । उहाँ आफ्नै पसलमा सुतिरहेको अवस्थामा राति करीब १२ः०० बजे अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर...
पोखरा, १६ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाँले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश सरकारले...












