सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गरिँदै


  •    न्युजभित्तो/१६ जेष्ठ २०७८, आईतवार १२:१३ 
  • धनगढी, १६ जेठ  । कोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दापनि अवस्था सामान्य नहुँदा कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको छ ।

    तत्कालीन अवस्थामा बढ्दो कोरोना सङ्कमणका कारण भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण पालिकाभरका विद्यालयमा चालू शैक्षिकसत्रको कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको हो ।

    शिक्षा समिति संयोजकसमेत रहनुभएका नगरप्रमुख ममताप्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयले जेठ मसान्तभित्र एकसाथ आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेशराज रेग्मीले जानकारी दिनुभयो ।

    पाठ्यक्रमले तोकेअनुसार निरन्तर विद्यार्थीको मूल्याङ्कन आवधिक परीक्षा, त्रैमासिक, अर्धवार्षिक परीक्षामा विद्यार्थीले प्राप्त गरेको औसत अङ्कका आधारमा नतिजा तयार पार्ने र प्रकाशन व्यवस्थापन गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको रेग्मीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.