सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘ननकोभिड’ बिरामीलाई टेलिमेडिसिन सेवा


  •    न्युजभित्तो/१६ जेष्ठ २०७८, आईतवार १३:०३ 
  • झापा, १६ जेठ । कोभिड–१९ को महामारीका बेला अन्य जटिल रोगीले उपचार नपाउने अवस्था सिर्जना नहोस् भनेर जिल्लाका तीन पालिकामा विशेषज्ञ चिकित्सा सुविधासहित टेलिमेडिसिन सेवा शुरुआत भएको छ । ‘केएचडिसी नेपाल’ नामक गैरसरकारी संस्थाको आयोजना र स्थानीय पालिकाको सहकार्यमा मेचीनगर, बुद्धशान्ति र भद्रपुरमा ‘कोभिडसँगै ननकोभिडलाई सघाऔँ’ नारासहित सेवा शुरु गरिएको हो ।

    मिर्गौला, मुटु, मधुमेह, उच्च रक्तचाप, डिप्रेसनलगायतका दीर्घरोग लागेकालाई टेलिमेडिसन पद्धतिमार्फत घर बसेरै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु तथा मिर्गौला रोग विशेषज्ञ प्रा डा सञ्जीवकुमार शर्माबाट स्वास्थ्य परामर्श प्रदान गरिरहेको अभियानका प्रयोगशाला संयोजक दिलीप सुवेदीले जानकारी दिनुभयो ।अभियान मेचीनगर नगरपालिकाको वडा नंं २, ६, १० र १४, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४, ५, ६ र ७ र भद्रपुर नगरपालिकाको वडा नं ९ र १० मा सञ्चालन भइरहेको छ ।

    “अहिले कोभिडका बिरामीको उपचारमा सम्पूर्णको ध्यान गइरहेको छ”, कोभिड सङ्क्रमितलाई स्वास्थ्य सामग्री निःशुल्क पुयाउने कार्य गरिरहेको मेची अभियानका संयोजक विजय डालमियाले भन्नुभयो, “यस्तो विषम अवस्थामा ननकोभिड दीर्घरोगीलाई उपचारमा सकस भएको बुझेर शुरु गरिएको टेलिमेडिसिन सेवा अत्यन्त उपयोगी सावित भएको छ ।”

    अभियानमा आबद्ध स्वास्थ्यकर्मीले दीर्घरोगीको घरदैलोमा पुगी स्वास्थ्य अवस्था र औषधि सेवनका बारेमा ताजा जानकारी लिने गरेका छन् । त्यसपछि वडामा सञ्चालित स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले इन्टरनेट प्रविधिमार्फत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत विशेषज्ञ प्रा डा शर्मासँग भर्चुअल सम्पर्क गरेर थप स्वास्थ्य परीक्षण र औषधिको सिफारिस गराउँछन् । भर्चुअल माध्यमबाट विशेषज्ञ डाक्टरसँग कुराकानीसमेत गराइने भएको हुँदा बिरामीले आफ्नो स्वास्थ्य समस्या चिकित्सकसँग सुनाउन पाउँछन् । अभियानलाई गाउँकेन्द्रित बनाइएको छ । शहरको अस्पतालबाट टाढा रहेका ग्रामीण बस्तीलाई यो सेवाले लक्षित गरेको छ ।

    अभियानका स्वास्थ्यकर्मी शनिबार एकैदिन ३० जना दीर्घरोगीको घरमा पुगेको र आवश्यक परामर्श प्रदान गरिएको अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले बताउनुभयो । उहाँले गाउँमा केएचडिसी (किड्नी, उच्च रक्तचाप, मधुमेह र कार्डियो भास्कुलर)का बिरामी उपचारका लागि अस्प्ताल जान नसकेर धेरै समस्यामा फसेको पाइएको जनाउँदै अभियानले त्यस्ता बिरामीलाई मद्दत गरिरहेको जानकारी दिनुभयो । अभियान लागू भएका पालिकाको वडास्थित स्वास्थ्य चौकीमा केएचडिसी नेपालले इन्टरनेट, कम्प्युटर र अन्य स्वास्थ्य सामग्रीले निःशुल्क प्रदान गरेर टेलिमेडिसिन सुविधाका लागि पूर्वाधार तयार पारेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.