राष्ट्रिय
बुटवल, २८ साउन । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत...
दमौली, २८ साउन । कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् । नवजात शिशु मारेको अभियोगमा...
काठमाडौँ, २८ साउन । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरुले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ भनी प्रश्न गरेका छन् । सांसद डा खिमलाल देवकोटाले अर्थमन्त्रीले वैदेशिक ऋण बढेको उल्लेख गरेकाले उहाँलाई ऋणबिना नै...
चितवन, २८ साउन । कोरोना संक्रमणपछि पर्यटन क्षेत्रमा गम्भीर असर पर्दा चितवनका हात्तीहरु बिस्थापित भइरहेका छन् । सफारीमा प्रयोग हँुदै आएका निजी हात्तीहरु कोरोना संक्रमण र आहारका कारण विस्थापित हुन पुगेका हुन् । पर्यटन व्यवसायको एक पाटोको रुपमा लिइने हात्ती संरक्षणमा...
उदयपुर, २८ साउन । उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पुवाँरेबाट घरजान डिल्लीबरतर्फ लाग्दा...
मनाङ, २८ साउन । विद्युत् आपूर्ति अवरुद्ध हुँदा मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । यसले सेवाग्राही मर्कामा परेका छन् । गत असार १ गते आएको बाढीपहिराका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका हुन् । आधारभूत स्वास्थ्य सेवा सञ्चालनका...
काठमाडौँ, २८ साउन । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोप प्रदान गरिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा वक्तव्य दिँदै उहाँले खोप लगाउन बाँकी व्यक्तिलाई समयमै खोप प्रदान...
बलेवा, २८ साउन। बागलुङको बडिगाड गाउँपालिकाले ५० लाखभन्दा बढीका योजनामा अनिवार्य विस्तृत आयोजना अध्ययन प्रतिवेदन (डिपिआर)बनाउने नीति लिएको छ । कोरोना सङ्क्रमणका कारण नीतिअनुसारको काम नभए पनि केही ठूला आयोजनामा भने डिपिआर बनेका छन् । ग्रामीण क्षेत्रका भए पनि सडक...
भजनी, २८ साउन । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर पहिलोभन्दा निकै जटिल बन्यो, त्यसबाट कैलालीको टीकापुर पनि अछुतो रहन सकेन। कोरोना सङ्क्रमण बढ्दै जाँदा कैयौं नागरिकले अक्सिजन नपाएरै ज्यान गुमाउनु पर्यो। अस्पतालमा सङ्क्रमित राख्ने ठाउँ नभएपछि अस्पतालका बार्दली पनि भरिए।...
काठमाडौं,२८ साउन । आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् समिर श्रेष्ठले भन्नुभयो,...











