सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केन्द्रीय समितिको बैठक आजै समापन गर्ने माओवादीको तयारी


  •    न्युजभित्तो/३१ श्रावण २०७८, आईतवार १५:१६ 
  • काठमाडौं,३१ साउन । नेकपा(माओवादी केन्द्र)ले जारी केन्द्रीय समितिको बैठक आजै समापन गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    ती दुई प्रस्तावमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । टोली नेतामा प्रदेश नं १ बाट राम कार्की, प्रदेश नं २ बाट रामचन्द्र झा, वाग्मती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट नेपबहादुर चौधरी र सम्पर्क प्रदेश, विशेष प्रदेश तथा प्रवासबाट युवराज चौलागाईंले अध्यक्ष दाहालका दुई प्रस्तावमाथि समूहगत रिपोटिङ गर्नुभएको हो ।

    समूहगत रिपोटिङ गर्दै उहाँहरुले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली अवलम्बन गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई आत्मसात् गर्न माग गर्नुभएको थियो । यस्तै अमेरिकी सहयोग परियोजना एमसिसिका बारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्नेमा जोड दिइएको थियो ।

    त्यसैगरी सरकार सञ्चालनको संयन्त्र बनाउन तथा जनयुद्धका क्रममा शहिद भएकालाई राष्ट्रिय शहिद घोषणा गर्न माग गरिएको बताइएको छ । यसैगरी पार्टीको जिल्ला समितिलाई समन्वय समिति बनाउन तथा प्रदेश समितिलाई कार्यकारी बनाउने विषयमा समेत केन्द्रीय सदस्यले सुझाव दिएका छन् ।

    प्रवक्ता श्रेष्ठका अनुसार टोली नेताले प्रस्तुत गर्नुभएको सुझावका सन्दर्भमा जवाफ दिने तयारीका लागि स्थायी समितिको बैठक बसेको छ । केन्द्रीय सदस्यले उठाएको जिज्ञासाको जवाफ अध्यक्ष दाहालले दिनुहुनेछ । त्यसपछि आजै बैठक समापन गर्ने तयारी गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.