सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा आज ४७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु,


  •    न्युजभित्तो/३१ श्रावण २०७८, आईतवार १६:१० 
  • चितवन,३१ साउन । चितवनमा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै ३३ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ४, माडीका १, रत्ननगरका ५, राप्तीमा १, र कालिकाका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यस सँगै चितवनमा कोरोना संक्रमितको संख्या २३ हजार ४४ पुगेको छ ।

    उता पछिल्लो २४ घण्टामा ७४ जना संक्रमितहरु निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २० हजार १७८ पुगेको छ । २३ हजार ४४ जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये २ हजार ३२८ जना होम आइसोलेसनमा छन् भने १६६ जना अस्पताल तथा ७ जना संस्थागत आइसोलेसनमा छन् ।

    जिल्लाभर कोरोना संक्रमणबाट अहिलेसम्म ३६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चितवनमा ३ जनाको मृत्यु भएको छ । उनीहरु मध्ये २ जना भरतपुरका संक्रमित हुन् भने अर्का एक कालिका नगरपालिका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.