राजनीति

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौँ, २३ असार । राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा, चुरे दोहन, तराई–मधेसमा घट्दै गएको भूमिगत पानीको स्रोतलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका–२३...

सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाइने
-न्युजभित्तो

काठमाडौँ, २३ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र कृषि, वन तथा...

सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको छः उद्योगमन्त्री
-न्युजभित्तो

काठमाडौँ, २३ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
-न्युजभित्तो

सुदूरपश्चिम, २३ असार । सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रदेशसभामा टेबल गरिएको छ । आज बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट टेबल गर्नुभएको हो । सभामुख भीमबहादुर भण्डारीले...

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, २३ असार । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताउनुभएको छ । प्रधानमन्त्री शाहले आज एसियाली विकास बैंक ९एडिबी०का अध्यक्ष मासातो कान्डासँगको भेटवार्ताका क्रममा...

प्रधानमन्त्री शाहसँग एसियाली विकास बैंकका अध्यक्ष भेट
-न्युजभित्तो

काठमाडौँ, २३ असार । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सो भेटवार्तामा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी केन्द्रित...

सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे
-न्युजभित्तो

काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नो पार्टीले सकारात्मक कामको प्रशंसा गर्न कन्जुस्याइँ नगर्ने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर उहाँले सरकारले १०० दिनका अवधिमा गरेका  प्रयासलाई सकारात्मक रूपमा...

राष्ट्रियसभा: दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग
-न्युजभित्तो

काठमाडौँ, २२ असार । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन, सडक सुरक्षा, महङ्गी नियन्त्रण, लैङ्गिक समानता, महिला स्वरोजगार र सार्वजनिक यातायातलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  सांसद पदमबहादुर परियारले सरकारको १०० बुँदे शासकीय सुधार...

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने
-न्युजभित्तो

काठमाडौँ, २२ असार । सरकारले विभिन्न पर्यटकीय क्षेत्रलाई थप प्रवद्र्धन एवं व्यवस्थित बनाउने लक्ष्यसहितको विस्तृत योजना तयार गरेको छ । वर्तमान सरकार गठन भएको १०० दिनको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो खाका कार्यान्वयनमा ल्याउन लागेको हो । सरकारको...

सरकारका १०० दिन: आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय
-न्युजभित्तो

काठमाडौँ, २२ असार । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको १०० दिने कार्ययोजनाअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयले श्रम प्रशासनलाई डिजिटल, पारदर्शी र सेवामुखी बनाउने दिशामा महत्त्वपूर्ण नीतिगत तथा प्रविधिमैत्री सुधारहरू अघि सारेको छ । यस अवधिमा मन्त्रालयले...