सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अवकाशपछि कृषि उद्यम: पूर्वप्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती


  •    न्युजभित्तो/२६ असार २०८३, शुक्रबार १५:२९ 
  • डडेल्धुरा, २६ असार । डडेल्धुरामा एक पूर्वप्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार गर्दै जिल्लामै नमुना कृषकका रूपमा पहिचान बनाउनुभएको छ ।

    अमरगढी नगरपालिका–९ झुकाल गाउँका ६६ वर्षीय कमलसिंह झुकालले शिक्षण पेशाबाट अवकाश लिएपछि अमरगढी नगरपालिका–८ आलीमा गाडलेक बहुउद्देश्यीय कृषि फर्म स्थापना गरी करिब ७० रोपनी क्षेत्रफलमा आधुनिक कृषि व्यवसाय सञ्चालन गरिरहनुभएको छ । भूमिराज प्राविका पूर्वप्रधानाध्यापकसमेत उहाँले हालसम्म जग्गा खरिद, सिँचाइ, पूर्वाधार निर्माण तथा अन्य व्यवस्थापनमा रु दुई करोड २० लाख लगानी गरिसक्नुभएको छ ।

    फर्ममा २५ रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी, २५ रोपनीमा फलफूल खेती तथा बाँकी जमिनमा पशुचौपायाका लागि घाँस उत्पादन भइरहेको छ । वर्षभरि उत्पादन कायम राख्न लिफ्टिङ प्रविधिमार्फत सिँचाइको व्यवस्था गरिएको छ ।

    पछिल्ला पाँच–छ वर्षदेखि व्यावसायिक कृषि गर्दै आउनुभएका झुकालले गत वर्ष करिब रु २० लाख बराबरको कारोबार गर्नुभएको थियो । सबै खर्च कटाएर करिब रु पाँच लाख बचत भइरहेको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार कृषि व्यवसायबाट आम्दानीसँगै स्थानीय युवाका लागि रोजगारीको अवसरसमेत सृजना भएको छ । “अवकाशपछि खाली बस्नुभन्दा उत्पादनमूलक काम गरौँ भन्ने सोचले कृषि रोजेँ,” उहाँले भन्नुभयो, “मेहनत र लगनशीलता भए कृषि क्षेत्र पनि राम्रो आम्दानीको माध्यम बन्न सक्छ ।”

    झुकालको कृषि उद्यमलाई कृषि ज्ञान केन्द्र डडेल्धुरा, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएका छन् । कृषि ज्ञान केन्द्रले ५०० बोट ओखर र १०० बोट किबीका बिरुवा पनि उपलब्ध गराएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेम्केमैयुङमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम
    प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो: प्रधानमन्त्री शाह
    • नेपालीले आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण
    • अवकाशपछि कृषि उद्यम: पूर्वप्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती
    • पर्सामा आँखा उपचार भवन निर्माण सम्पन्न
    • ‘भूपू प्रहरीको तरकारीखेती कृषकको पहिचान’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.