सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा


  •    न्युजभित्तो/२८ असार २०८३, आईतवार १७:१२ 
  • काठमाडौँ, २८ असार । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गर्नुभएको छ ।

    मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा  रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव त्यहाँ पुग्नुभएको थियो ।

    भूमि व्यवस्थामन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपुर्जा दिएपछि आगामी दिनमा कसैले पनि औँला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो । सुकुमबासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै उहाँले सरकारले सुकुमबासीको दीगो समाधान गर्ने गरी काम गरिरहेको बताउनुभयो । उहाँले सुकुमबासीका नाममा कसैलाई पनि राजनीतिक नगर्न आग्रह गर्नुभयो । 

    उहाँहरूले सुकुम्बासीहरूसँग छलफल समेत गरेर तत्कालीन र दीर्घकालीन व्यवस्थापनबारे सरकारको तयारीबारे अवगत गराउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुमबासीलाई खरिबोटस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
    मधेश प्रदेशसभा: बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
    गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
    • राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
    • मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड
    • वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै
    • खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.