सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि, स्वास्थ्य, सडक सुधार र विस्तारमा सांसदको जोड


  •    न्युजभित्तो/२५ असार २०८३, बिहीबार १४:५७ 
  • काठमाडौँ, २५ असार । प्रतिनिधिसभामा सांसदहरुले साना तथा मझौला उद्योग प्रवर्द्धन, स्वास्थ्य, कृषि क्षेत्र, खानेपानी, सडक, वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या तथा जङ्गली हात्ती नियन्त्रण, विद्युत् पहुँच विस्तारलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले सार्वजनिकस्थलमा धुम्रपान निषेध, सीमा भन्सारको स्तरोन्नति, पार्किङ शुल्क र वैदेशिक रोजगारीमा हुने गरेको ठगीलगायतका विषय उठाउनुभयो ।

    सांसद अनुष्का श्रेष्ठले साना तथा मझौला उद्योगले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेकाले त्यस्ता उद्योग व्यवसायलाई सरकारी सहयोग, तालिम तथा नीतिगत विषयमा सहयोग र सहजीकरण आवश्यक रहेको बताउनुभयो ।

    सांसद अभिषेकप्रताप शाहले लुम्बिनी प्रदेशको कृष्णनगर भन्सारको स्तरोन्नति गर्न माग गर्नुभयो ।

    सांसद अम्बिकादेवी सङ्ग्रौलाले संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले सोअनुसार नागरिकले सेवा पाए÷नपाएको बारेमा स्वास्थ्य संस्थाको नियमित अनुगमन आवश्यक रहेको बताउनुभयो ।

    सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो ।

    सांसद आकृति अवस्थीले सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई कारबाही गर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

    सांसद आनन्दबहादुर चन्दले वैज्ञानिक कृषि ज्ञानको अभाव र मलको असन्तुलित प्रयोगले कृषि उत्पादन प्रभावित भएकाले माटो परीक्षण, मलको प्रयोगका सम्बन्धमा तालिम आवश्यक रहेको बताउनुभयो ।

    सांसद आरेन राईले खोटाङ–भोजपुर सडकखण्डको पुनर्निर्माण गर्न माग गर्नुभयो ।

    सांसद आशा झाले साना संस्थालाई पूर्ण लेखा परीक्षण गर्नै पर्ने हालको प्रावधानमा संशोधनको आवश्यकता औँल्याउनुभयो ।

    सांसद आशिष गजुरेलले भौतिक पूर्वाधारण निर्माणका क्षेत्रमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

    सांसद आशिका तामाङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पार्किङ शुल्क घटाउन सरकारसँग आग्रह गर्नुभयो ।

    सांसद उत्तमप्रसाद पौडेलले सार्वजनिक यातायातलाई अपाङ्गतामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

    सांसद एशुदाकुमारी बरालले कर्णालीका सडक यातायात सेवालाई सुरक्षित तुल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद ओजस्वी शेरचनले स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गर्न स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

    सांसद कमल सुवेदीले वैदेशिक रोजगारीमा जाने नेपाली ठगीमा पर्ने क्रम बढेकाले प्रभावकारी नियमनको नीति अवलम्बन गर्न आग्रह गर्नुभयो ।

    सांसद करिष्मा कठरियाले वर्षायामको मध्य समय भइसकेकाले धान रोप्ने किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो ।

    सांसद कविन्द्र बुर्लाकोटीले गोरखाको अजिरकोट र सिरानचोक गाउँपालिकालगायतका क्षेत्रमा धारा भए पनि पानी नआउने समस्या रहेकाले त्यस क्षेत्रमा देखिएको खानेपानी सङ्कट समाधान गर्न आग्रह गर्नुभयो ।

    सांसद कामिनी कुमारीले जलेश्वर अस्पतालको स्तरोन्नति गर्न माग गर्नुभयो ।

    सांसद कुलभक्त शाक्यले मेलम्ची खानेपानी आयोजना बन्द भएपछि काठमाडौँ उपत्यकामा खानेपानी सङ्कट बढेको भन्दै वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।

    सांसद कुसुम महर्जनले सिंहदरबारस्थित राष्ट्रिय सम्पत्तिको सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    सांसद खगेन्द्र कर्णले जङ्गली हात्तीको आक्रमणबाट पछिल्लो वर्षमा धेरै जनधनको क्षति भएकाले यसको नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन आग्रह गर्नुभयो ।

    सांसद खडकबहादुर बुढाले कर्णाली प्रदेशमा विद्युत् पहुँच विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद गजाला शमीम मिकरानीले अहिले मध्य बर्सातको समय रहेकाले विपद् व्यवस्थापनको पूर्वतयारीमा रहन सरकारलाई सुझाव दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सुत्र प्रणाली बन्द हुने
    सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने
    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
    • निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री
    • चिया प्रशोधन उद्योग क्षेत्रमा ‘भूमिका’
    • कृषि, स्वास्थ्य, सडक सुधार र विस्तारमा सांसदको जोड
    • लुम्बिनी प्रदेशसभाले थारू विधेयक सर्वसम्मत रूपमा पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.