सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


  •    न्युजभित्तो/२६ असार २०८३, शुक्रबार १७:०७ 
  • काठमाडौँ, २६ असार । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

    बैठकको शून्य गणेश नेपालीको निधनको छानबिनदेखि लिएर किसानलाई मलको व्यवस्थासम्मका विषयमा उनीहरूले सदन र सरकारको ध्यानाकर्षण गराएका हुन् ।
    सांसद जोगकुमार बरबरिया यादवले देशभरका किसान मलखाद नपाएर चिन्तित भएका बताउनुभयो । सांसद टेकबहादुर शाक्यले पनि सोही विषयमा सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो ।

    सांसद चन्द्रमोहन यादवले मुगुका युवक गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशमा निराशाजन अवस्था सिर्जना भएकोप्रति मौन रहेर विरोध गराउनुभयो ।

    सांसद जगत्प्रसाद जोशीले नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो भने अर्का सांसद जनकराज गिरीले सदनको गतिरोध हटाउन प्रधानमन्त्रीले सदनमा आएर सांसदले उठाएका सवालको जवाफ दिनुपर्ने माग गर्नुभयो ।

    सांसद जनकसिंह धामीले बेलौरी भन्सार व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

    सांसद झविलाल डुमे्रले स्याङ्जाका अधिकांश भेगमा विद्युत् सेवा नियमित नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद टुकाभद्र हमालले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निजका परिवारलाई राहत प्रदान गर्न माग गर्नुभयो ।

    सांसद तारा विश्वकर्माले लामोसमयदेखि गोदावरी नगरपालिकामा पाचाखर्चस्थित १५० घरपरिवार रोजगारीका लागि घर छोडेनुपर्ने अवस्था सृजना भएकोमा दुःख व्यक्त गर्नुभयो ।

    सांसद धनबहादुर बुढाले डोल्पामा बत्ती, फोरजीजस्ता आधारभूत सेवा उपलब्ध गराउन सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

    सांसद धर्मराज केसीले लमजुङका ग्रामीण सडक निर्माणमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

    सांसद धु्रवराज राईले कर्णालीको गरिब गणेश नेपालीको घटनाबाट जरिवाना तिराउने परिपाटीप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो ।

    सांसद निश्कल राईले इलामकी मञ्जु तामाङ मलेसियामा मृत्यु भएको घटनाको छानबिन गर्न परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल हुनुपर्ने बताउनुभयो ।

    सांसद मीनुकुमारी कर्णले श्रमिक युवा गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शिक्षा, स्वास्थ्य तथा विद्युत्मा गरिएको करको व्यवस्थाले नेपाली जनता पीडित भएका बताउनुभयो ।

    सांसद पवित्रा विकले गरिब जनतालाई पनि सरकारले हेर्नुपर्ने बताउनुभयो ।

    सांसद प्रकाशचन्द्र परियारले गणेश नेपालीको निधनबाट सदन मर्माहत भएको भन्दै यो घटनाको राज्यले छानबिन गरी क्षतिपूर्तिको प्रबन्ध गर्नुपर्छ भन्नुभयो ।

    सांसद परशुराम तामाङले भोजपुरवासीले सडक निर्माणको माग गरेकाले त्यसतर्फ गम्भीर हुन सम्बन्धित निकायसँग अनुरोध गर्नुभयो ।

    सांसद पुष्पाकुमारी चौधरीले नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०÷०८१ मा सातहजार दुई २३ आत्महत्या गरेका जानकारी दिनुभयो ।

    आर्थिक अभावका कारण त्यसो गरिएको हुनसक्ने तर्क गर्दै उहाँले गरिब जनतालाई पनि उनीहरूको भरणपोषणमा राज्यले सघाउनुपर्नेमा जोड दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेम्केमैयुङमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम
    प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो: प्रधानमन्त्री शाह
    • नेपालीले आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण
    • अवकाशपछि कृषि उद्यम: पूर्वप्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती
    • पर्सामा आँखा उपचार भवन निर्माण सम्पन्न
    • ‘भूपू प्रहरीको तरकारीखेती कृषकको पहिचान’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.