सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन


  •    न्युजभित्तो/२६ असार २०८३, शुक्रबार ११:५५ 
  • काठमाडौँ, २६ असार । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ ।

    कृषि, वन तथा पर्यावरण मन्त्रालयमा आज नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभागलगायत मन्त्रालयअन्तर्गतका विभाग तथा निकायका प्रमुखसँग भएको छलफलमा उहाँले वर्तमान सरकारप्रति विशेषगरी युवा पुस्ताको भरोसा रहेकाले त्यसअनुरूप परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभयो । कानुनी एवं नीतिगत व्यवस्था गर्न आफू तत्पर रहेको पनि उहँले बताउनुभयो ।

    मन्त्री चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिनाभित्र आफ्नो मातहतबाट कति युवालाई रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने विस्तृत विवरण तथा कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिनुभयो ।

    उहाँले कार्यान्वयनमुखी र परिणाममुखी ढङ्गले काम गर्न आग्रह गर्दै कृषि, वन तथा पर्यावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

    विभागीय प्रमुखहरूले देशभर रहेका आफ्ना कार्यालयमार्फत हाल पनि पारिश्रमिकसहित तथा पारिश्रमिकविहीन प्रशिषण र स्वयंसेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभएको थियो ।

    विभिन्न विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीलाई ‘इन्टर्नशिप’मा सहभागी गराउने प्रयास भइरहेको भए पनि केही कानुनी व्यवस्थाका कारण त्यसो गर्न नसकिएको उहाँहरूले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.