राजनीति
काठमाडौँ, ११ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मालेमावादी विश्व दृष्टिकोणका आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन विश्वभरको श्रमजीवी वर्गमा अपिल गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको १२९औँ जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै...
विराटनगर, १० पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले भन्नुभयो, “एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट...
काठमाडौं,१० पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरु गरेको बताएका छन् । आइतबार शुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदनमा आफूले आत्मसमीक्षा गरेको प्रचण्डले बताए...
काठमाडौँ, १० पुस । नेपाल रेडक्रस सोसाइटीलाई पूर्णता दिएरमात्र कर्मचारीको माग पूरा नहुने भएकाले एकपक्षीयरुपमा गरिएको नियमावली संशोधनको निर्णयलाई सच्याउन माग गरिएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजना...
काठमाडौँ, १० पुस । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले आगामी तीन वर्षभित्रमा देशलाई काठमा आत्मनिर्भर बनाउने प्रतिबद्दता व्यक्त गर्नुभएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौँथो महाधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी सन् २०३० सम्ममा...
काठमाडौं,१० पुस। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफूलाई भोट नदिनेहरुको भावना पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् । केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले आफूलाई विश्वास गरेर निर्वाचित गराउनेलाई धन्यवाद दिँदै भोट...
लुम्बिनी, १० पुस । गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको बताउनुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएर मानिसको जीवन लम्ब्याउने सन्दर्भमा बिरामीलाई पुर्नजीवन दिनेक्रममा आश्चर्यजनक उपलब्धि हासिल भए पनि...
काठमाडौँ, १० पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी र सदस्यलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित समारोहमा पार्टीको केन्द्रीय निर्वाचन समितिका...
काठमाडौँ, १० पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण...
काठमाडौं, १० पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन् । मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन् । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर...









