सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्णय नसच्चिएसम्म रेडक्रस केन्द्रीय कार्यालयको धर्ना जारी रहने


  •    न्युजभित्तो/१० पुष २०७८, शनिबार १४:४८ 
  • काठमाडौँ, १० पुस । नेपाल रेडक्रस सोसाइटीलाई पूर्णता दिएरमात्र कर्मचारीको माग पूरा नहुने भएकाले एकपक्षीयरुपमा गरिएको नियमावली संशोधनको निर्णयलाई सच्याउन माग गरिएको छ ।

    सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा रेडक्रसलाई पूर्णता दिने विषयमा छलफल भएको जानकारी गराउनुभएको थियो । डेढ वर्षअघि गठन भएको तदर्थ समितिले नियमावली संशोधन गरी कर्मचारी आतङ्कित गरेकाले त्यो निर्णय सच्याउन कर्मचारी सङ्घका अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले माग गर्नुभएको छ ।

    तदर्थ समितिले समाज कल्याण परिषद् र जिल्ला प्रशासन कार्यालय काठमाडौँले पत्राचार गर्दा पनि विधान एवम् नियमावलीविपरीतका गतिविधि जारी राखेको, केन्द्रीय कार्यालय बाहिर बैठक बसेर गरिएका निर्णय कार्यान्वयन नहुने भन्दै कर्मचारीले विरोध जनाउँदै आएका छन् । तदर्थ समितिका अवैध निर्णय खारेजीको माग गर्दै रेडक्रसका कर्मचारी दुई साताअघिदेखि केन्द्रीय कार्यालय परिसरमै धर्नामा बसेका हुन् ।

    तदर्थ समितिको २०७७ साल पुस ९ गतेको बैठकले कार्यकारी निर्देशकको पदावधि तीन वर्ष र निर्देशकको पदावधि पाँच वर्ष तोक्ने निर्णय गरेको थियो । यो निर्णय सोसाइटीको नियमावलीविपरीत भएको भन्दै कर्मचारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका थिए ।

    प्रशासनले विधान एवम् नियमावलीविपरीतका काम नगर्नु भनी सोसाइटीलाई पत्राचार गरेको छ । तदर्थ समितिले प्रशासन कार्यालयका पत्राचार विपरीत कार्यकारी निर्देशक र एक निर्देशकलाई सेवाबाट अवकाश दिन थालेपछि कर्मचारी आन्दोलित भएका हुन् । तदर्थ समितिको गत मङ्सिर २२ गतेको निर्णयले कार्यकारी निर्देशक र निर्देशकलाई अवकाश दिएको हो । सहकर्मीलाई अवकाश दिएपछि सोसाइटी कर्मचारी सङ्घको ब्यानरमा एक हप्तादेखि विधिको शासनको माग गर्दै कर्मचारी आन्दोलनमा उत्रेका हुन् । कार्यकारी निर्देशक उमेश ढकाल र निर्देशक डा मनिता राजभण्डारीलाई निकालेपछि तदर्थ समितिले ती पदमा विज्ञापन गर्न लागेको जनाइएको छ ।

    उच्च अदालत पाटनको आदेशअनुसार यही पुस ३ गतेदेखि तदर्थ समिति नै अवैध भएको कर्मचारीको भनाइ छ । सरकारले २०७७ साउन १२ गते रेडक्रसको तत्कालीन कार्य समिति भङ्ग गरी नेत्र तिमल्सिनाको अध्यक्षतामा तीन महिनामा अधिवेशन गर्ने गरी नयाँ कार्यसमिति गठन गरेको थियो । कोभिडका कारण तीन महिनामा अधिवेशन गर्न सकिएन भनी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर एक वर्ष म्याद थप भएको थियो । म्याद थप भएको एक वर्षमा पनि कोरोना महामारीले निषेधाज्ञा जारी भएको समय उच्च अदालत पाटनले थप गरेकामा त्यो पनि पुस ३ गते सकिएको कर्मचारी सङ्घका अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

    सङ्घको नेतृत्वमा कर्मचारी विभिन्न विषयमा कुरा सुनलगायत ‘प्ले कार्ड’ राखेर तालाबन्दीसहित धर्नामा बसेका छन् । सोसाइटी तदर्थ समितिका अध्यक्ष तिमल्सिना जिल्ला प्रशासन कार्यालयले कार्यकारी निर्देशक र निर्देशक हटाउने निर्णय गलत भनी नलेखेको दाबी गर्नुहुन्छ । कर्मचारीले म्याद सकियो भनी हल्ला गरे पनि आगामी माघ ४ गतेसम्म तदर्थ समितिको समय बाँकी रहेको पनि उहाँले सुनाउनुभयो । मानवीय सेवामा समर्पित हुने भनी विश्वमै नाम कमाएको रेडक्रस नेपालमा भने पछिल्लो समय विभिन्न विवादमा मुछिने गरेको छ । कर्मचारीको आन्दोलनले रक्त सञ्चारलगायत सेवा पनि प्रभावित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.