सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन वर्षभित्र नेपाल काठमा आत्मनिर्भर हुन्छ : मन्त्री यादव


  •    न्युजभित्तो/१० पुष २०७८, शनिबार १४:३९ 
  • काठमाडौँ, १० पुस । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले आगामी तीन वर्षभित्रमा देशलाई काठमा आत्मनिर्भर बनाउने प्रतिबद्दता व्यक्त गर्नुभएको छ ।

    नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौँथो महाधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी सन् २०३० सम्ममा नेपालको कुल भू–भागको ४५ प्रतिशत वन क्षेत्र बनाइने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अहिले कुल भू–भागको ४४ प्रतिशत वन जङ्गल छ, अब आगामी २०३० सम्ममा ४५ प्रतिशत पु¥याउने र तीन वर्षभित्रमा वन÷जङ्गल र काठमा आत्मनिर्भर बनाउँदै पाँच वर्षभित्रमा काठ निर्यात गर्ने योजना रहेको छ ।” मन्त्री यादवले वन तथा काठमा देखिएको समग्र समस्या समाधानका लागि सम्बन्धित क्षेत्रको सल्लाह र सुझावका आधारमा वन ऐनको नियमावली अन्तिमरुप लिने जनाउँदै त्यसका लागि सहयोेग गर्न आह्वान गर्नुभयो । अब वनलाई दिगो व्यवस्थापन गर्दै विदेशभित्र उत्पादित काठलाई सहज रुपमा प्राप्त गर्ने व्यवस्था मिलाउने, काठ कटान र टेन्डरमा देखिएको विचौलीको समस्या समाधान गर्ने उहाँको भनाइ छ ।

    मन्त्री यादवले फर्निचर र फर्निसिङ्ग क्षेत्रका व्यवसायीलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महासङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालमा नेपाली काठ सहजरुपमा उपलब्ध नहँदा व्यवसायीले विभिन्न समस्या भोग्नुपरेको गुनासो गर्नुभयो । उहाँले उद्योगका लागि प्रयोग हुने कच्चा पदार्थमा लाग्ने भन्सार महसूल कम भयो भने उत्पादन लागत कम हुने विश्वास व्यक्त गर्नुभयो ।

    महासङ्घका महासचिव ओमबहादुर बस्नेतले नेपाल पछिल्लो समयमा प्लाष्टिक फर्निचर, ग्राफिक कार्पेट, म्याटे«स, भेलोर कार्पेट, गलैँचा पिभिसी कार्पेटलगायत फर्निचर÷फनिसिङ्गमा आत्मनिर्भर बन्दै गएको बताउनुभयो । युवा विदेश पलायन भएको अवस्थामा उद्योग क्षेत्रमा कामदारको अभाव झेल्नुपर्ने तथा तेस्रो मुलुकबाट दक्ष कमदार मगाउँदा उत्पादन लागत बढ्ने महासङ्घको भनाइ छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.