सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको छ : गृहमन्त्री


  •    न्युजभित्तो/१० पुष २०७८, शनिबार १३:३८ 
  • लुम्बिनी, १० पुस  । गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको बताउनुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएर मानिसको जीवन लम्ब्याउने सन्दर्भमा बिरामीलाई पुर्नजीवन दिनेक्रममा आश्चर्यजनक उपलब्धि हासिल भए पनि गरिबीको सङ्ख्या भने बढ्दै गएको बताउनुभयो ।

    बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अस्पतालको नवौँ स्थापना दिवसको आज उद्घाटन कार्यक्रममा उहाँले नागरिकले जीवन लम्ब्याउन उपचार गर्दा भएको सम्पत्ति सबै बिक्री गरेर भए पनि निजी अस्पतालमा उपचार गर्न बाध्य हुनुपरेको बताउनुभयो ।

    उहाँले स्वास्थ्य क्षेत्रको विकासमा यो आशालाग्दो र त्यही आशाभित्र कहाली लाग्दो अवस्था रहेको जनाउँदै यसका लागि निजी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी बन्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको राज्य प्रणाली पनि हरेक क्षेत्रको निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो । उहाँले विसं २०४६ को बहुदलीय व्यवस्था स्थापनासँगै जुनसुकै पार्टीको सरकार भए पनि मुलुकमा उदारवादी अर्थनीति अवलम्बन भएको र यो उदारवादी अर्थनीतिको विकल्प दिन नसकिएको बताउनुभयो ।

    गृहमन्त्री खाँणले जनताले चाहेको जस्तो मुलुकको आधुनिकीकरणका लागि बहुआयामिक दायित्व पूरा गर्न सरकारले मात्र नसक्ने भएकाले जनतासँग रहेको साधन, स्रोत, सम्पत्ति, ज्ञान समाज र मुलुकको विकासका लागि प्रयोग गर्न जरुरी रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो विश्वको नयाँ ट्रेन र बाध्यता पनि हो ।”

    उहाँले सरकारले निजी क्षेत्रको प्रवद्र्धनसँगै गैर मुनाफायुक्त संस्थालाई पनि सरकारले स्थापित गर्न, हुर्काउन र बचाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बुटबल आफ्नै ईतिहास र बलबुताले अहिलेको अवस्थामा स्थापित भएको भन्दै प्रदेश राजधानी नरहे पनि बुटवलको विकासमा कुनै फरक नपर्ने र सबैको साझा प्रयत्नबाट अब्बल बनाउन सकिएको बताउनुभयो ।

    गृहमन्त्री खाँणले गौतमबुद्ध सामूदायिक अस्पतालका लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद् रहेको उल्लेख गर्दै आफूले सरकारकातर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले विकासको गतिलाई कसरी अगाडि बढाउने भन्ने विषय सबै जनप्रतिनिधिको मूल दायित्व रहेको बताउनुभयो । अर्का प्रदेशसभा सदस्य विष्णु पन्थीले कतिपय सरकारी नियम र कार्यविधि नै विकासका बाधक बन्ने गरेकाले सरकारले त्यस्ता नीतिनियम र कार्यविधि परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

    अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई वर्षभित्र ८०० श्ययाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न आफूहरु तयार रहेकाले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्रीसामु आग्रह गर्नुभयो ।

    रुपन्देही उद्योग सङ्घको संरक्षकत्वमा २०७० साल पुस १० गतेदेखि सेवा सञ्चालन गरेको सो अस्पतालले एक वर्षको अवधिमा ओपिडी, इमर्जेन्सी र भर्ना गरी ४८ हजार ७२२ जना बिरामीलाई उपचार सेवा उपलब्ध गराएको छ ।

    अध्यक्ष आलमले रकमको अभावमा अस्पताल आएका बिरामी उपचार सेवा लिनबाट वञ्चित हुने अवस्था आउन नदिने जनाउँदै एक वर्षको अवधिमा अस्पतालका तर्फबाट रु साढे ६७ लाख र विभिन्न दाताको सहयोगमा रु १० लाखभन्दा बढी छुट उपलब्ध गराइएको जानकारी दिनुभयो ।

    अस्पतालले हाल बुटवलबाट २४५, दाङको लमहीबाट ६८ र पाल्पाबाट ३१ गरी ३४४ जना मिर्गौलाका बिरामीलाई नियमित डायलायसिस सेवा दिँदै आएको जनाएको छ । त्यसैगरी एक वर्षको अवधिमा एञ्जियोप्लास्टी १११, एञ्जियोग्राफी ३१३ र ९१ जनाले पेसमेकर सेवा लिएको अस्पतालका निर्देशक डा समीर गौतमले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.