सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मलाई भोट नदिनेहरुको पनि भावनालाई समेटेर पार्टी सभापति भएर काम गर्छु : देउवा


  •    न्युजभित्तो/१० पुष २०७८, शनिबार १४:१७ 
  • काठमाडौं,१० पुस। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफूलाई भोट नदिनेहरुको भावना पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् ।

    केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले आफूलाई विश्वास गरेर निर्वाचित गराउनेलाई धन्यवाद दिँदै भोट नदिनेहरुको पनि प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउने बताएका हुन् ।

    ‘अब सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउछु । मलाई भोट दिनेहरुको मात्र नभएर, भोट नदिनेहरुको पनि भावनालाई समेटेर पार्टी सभापति भएर काम गर्छु । यसमा सबैको सहयोग हुन्छ भन्ने विश्वास छ’ उनले भने ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट देउवा पुन: दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन् । सभापति पदको निर्वाचनको दोस्रो चरणमा उनले शेखर कोइरालालाई नौ सय भन्दा बढी मतले पराजित गर्दै निर्वाचित भएका थिए । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा पनि देउवा पक्षको बहुमत रहेको छ ।

    सभापति देउवाले कांग्रेसमा वडातहदेखि केन्द्रसम्म लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको बताउँदै यस्तो लोकतान्त्रिक अभ्यास नेपालका अरु दलमा नभएको बताए । ‘यस्तो अभ्यास नेपालका कुनै पनि दलमा छैन, यसकारण कांग्रेस सच्चा डेमोक्रेटिक (लोकतान्त्रिक) पार्टी हो’ उनले भने ।

    सभापति देउवाले काङ्ग्रेसमा जस्तो समावेशी प्रतिनिधित्व पनि अरु पार्टीमा नभएको बताए । आगामी निर्वाचनमा स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस नै ठूलो पार्टी बन्ने सभापति देउवाले दावी गरे ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.