राजनीति

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवस २०२६ को मूल समारोहलाई सम्बोधन गर्दै उहाँले ‘समृद्ध भविष्यको आधारः जलवायु एवं...

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।  उक्त मन्त्रालयले आज एक सूचना जारी गरी...

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
-न्युजभित्तो

काँक्रेविहार (सुर्खेत), २२ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न र स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउने बताउनुभएको छ । अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले क्रिकेट खेलप्रति आकर्षण बढ्नु सबैका लागि...

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ ।  केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिनुभयो । उहाँले पाँच वटा समूह बनाएर कार्यालय समयमा हाजिरी,...

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनुभएको छ । निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको यहाँ उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो...

वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभएको छ ।   विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा प्रदूषणले विश्व समुदायलाई...

जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
-न्युजभित्तो

पाटन (ललितपुर), २१ जेठ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक भएको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा...

साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
-न्युजभित्तो

काठमाडौँ, २१ जेठ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधि, कृत्रिम बौद्धिकता र ‘एल्गोरिदम’द्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन–जगत्लाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताउनुभएको छ । आज यहाँ आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल...

‘नागरिकसँग मेयर’ कार्यक्रममार्फत घरदैलोमा स्वास्थ्य सेवा
-न्युजभित्तो

कञ्चनपुर, २१ जेठ । कृष्णपुर नगरपालिकाले सञ्चालन गर्दै आएको ‘नागरिकसँग मेयर’ कार्यक्रममार्फत २४ हजार ७२१  नागरिकले घरदैलोमै स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।  नगरवासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा नसर्ने रोगबारे सचेतना फैलाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको...

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-न्युजभित्तो

काठमाडौँ, २१ जेठ । नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ । राष्ट्रसङ्घीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्यः सन् २०३० पछिका लागि राष्ट्रसङ्घीय विकास प्रणाली निर्माण’ छलफलमा...