सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल


  •    न्युजभित्तो/२२ जेष्ठ २०८३, शुक्रबार ११:१९ 
  • काँक्रेविहार (सुर्खेत), २२ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न र स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउने बताउनुभएको छ । अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले क्रिकेट खेलप्रति आकर्षण बढ्नु सबैका लागि सुखद् भएको बताउनुभयो ।

    “हाल खेल भइरहेका मैदानहरू अस्थायी हुन्, क्यान र प्रदेश सरकारको सहकार्यमा सुविधाजनक क्रिकेट मैदान बनाउने छौँ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो, “कर्णालीलाई खेल क्षेत्रको हब बनाउनका लागि सीमित स्रोत र साधनबीच पनि प्रदेश सरकारले खेल पूर्वाधारहरू निर्माण गरिरहेको छ ।”

    उहाँले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तत्पर रहे पनि सङ्घीय सरकारका कारण ढिलो भइरहेको आरोप लगाउनुभयो । “हामी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि पूर्ण तयारीमा छौँ”, उहाँले भन्नुभयो, “केन्द्र सरकारका कारण समयमै १० औँ खेल प्रतियोगिता आयोजना हुन सकेको छैन ।”

    सङ्घीय सरकारले कर्णालीलाई बजेटमा जहिल्यै उपेक्षा गर्दै आएको उहाँको गुनासो थियो । “अक्षरमा कर्णाली प्रदेश भनेर धेरै आउँछ, अङ्क आइपुग्दा टिठलाग्दो हुन्छ”, उहाँले भन्नुभयो ।

    नेपाल क्रिकेट सङ्घका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीबाट महिला क्रिकेटको विकास गर्नका लागि कर्णालीमा छनोट प्रतियोगीता आयोजना गरिएको बताउनुभयो । कर्णालीमा आयोजना भइरहेको राष्ट्रिय महिला अन्डर–१९ प्रतियोगीताबाट राष्ट्रिय टीनको छनोट गरिने र सोही टीमले सन् २०२७ मा आयोजना हुने विश्वकपमा सहभागीता जनाउने छ ।

    विजेतालाई पाँच लाख पुरस्कार

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु पाँच लाख र उपविजेता टोलीले रु तीन लाख प्राप्त गर्नेछन् ।

    व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) लाई रु ४० हजार, उत्कृष्ट ब्याटरलाई रु २५ हजार, उत्कृष्ट बलरलाई रु २५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई जनही रु तीन हजार प्रदान गरिने छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन्: राष्ट्रपति
    ‘ग्रिन पोखरा, क्लिन पोखरा’
    अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
    • त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
    • विश्व वातावरण दिवस: दिगो, जलवायु र वातावरणमैत्री विकास आवश्यक
    • बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
    • सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.