सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री


  •    न्युजभित्तो/२१ जेष्ठ २०८३, बिहीबार १३:२७ 
  • काठमाडौँ, २१ जेठ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधि, कृत्रिम बौद्धिकता र ‘एल्गोरिदम’द्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन–जगत्लाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताउनुभएको छ ।

    आज यहाँ आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप’ मा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको बताउनुभयो ।

    “एल्गोरिदम, डेटा र तीव्र गतिले आकार दिइरहेको विश्वमा मानिसहरू अझै किन कविता लेख्छन् रु किन कथा सुनाइरहन्छन् रु किनकि साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम हो”, उहाँले भन्नुभयो ।

    यस वर्षको महोत्सवको विषयवस्तु सान्दर्भिक रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेका बताउनुभयो ।

    “सूचना प्रविधिको युगमा हामी पहिलेभन्दा धेरै जोडिएका छौँ तर एकअर्कालाई पहिलेभन्दा धेरै बुझ्न सकेका छैनौँ । यही कारण साहित्य अपरिहार्य बन्छ । साहित्यले तीव्र गतिमा दौडिरहेको संसारलाई केही समय रोक्न बाध्य बनाउँछ”, उहाँले भन्नुभयो ।

    उहाँले कविता, उपन्यास र अनुवादको भूमिकाबारे चर्चा गर्दै लेखकहरूले केवल पाठ सिर्जना मात्र नगरी मानवतालाई जोगाइरहेका बताउनुभयो ।

    आफूले झण्डै एक दशक नेपाली साहित्य र सङ्गीतमा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन गरेको अनुभव सुनाउँदै उहाँले साहित्य र सङ्गीतले राजनीति, भूगोल र सामाजिक विभाजनले नपुग्ने ठाउँसम्म सम्बन्ध विस्तार गर्नसक्ने बताउनुभयो ।

    मुलुकको सांस्कृतिक विविधता र भाषिक सम्पदाबारे चर्चा गर्दै उहाँले नेपालमा १२० भन्दा बढी भाषा बोलिने र हरेक भाषाको आफ्नै विशिष्टता रहेको उल्लेख गर्नुभयो । “हरेक भाषाले आफ्नो विश्वदृष्टि बोकेको हुन्छ । हरेक समुदायका कथा, लोकसाहित्य, मिथक र स्मृतिले हाम्रो साझा पहिचानलाई समृद्ध बनाएका छन्”, उहाँले भन्नुभयो ।

    आधुनिक सञ्चार प्रणाली र सामाजिक सञ्जालको विकास हुनुअघि पनि कथा वाचन, लोकगीत र मौखिक परम्पराले समाजलाई जोडेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले साहित्य मानव सभ्यताको विकाससँगै निरन्तर परिस्कृत हुँदै आएको बताउनुभयो ।

    आफ्नो साहित्यिक यात्राबारे चर्चा गर्दै उहाँले सन् २००६ मा नेपाली गजलसङ्ग्रह प्रकाशन गरेको सुनाउनुभयो । कविताले तथ्याङ्क, नीति र औपचारिक भाषणले व्यक्त गर्न नसक्ने सत्यलाई अभिव्यक्त गर्न सक्ने उहाँको भनाइ थियो ।

    नेपाली साहित्यिक परम्पराबारे चर्चा गर्दै उहाँले आदिकवि भानुभक्त आचार्यदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटासम्मका स्रष्टाले स्थानीय यथार्थलाई सार्वभौमिक मानवीय चिन्तनसँग जोडेका बताउनुभयो । वर्तमान पुस्ताका लेखक, पत्रकार, अनुवादक र सर्जकहरूले पनि यही परम्परालाई नयाँ चुनौतीसँग जोड्दै अगाडि बढाइरहेका उहाँले बताउनुभयो ।

    विभिन्न साहित्यिक मेला तथा जमघटको महत्त्वबारे चर्चा गर्दै उहाँले यस्ता मञ्चहरूले विचारलाई सीमापार र विश्वभर स्वतन्त्र रूपमा यात्रा गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय साहित्यकारहरूको काठमाडौँ भेलाले नेपालका हिमाल, सम्पदा, संस्कृति, भाषा र कथाहरूलाई विश्वसमुदायसम्म पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    सञ्चारमन्त्री तिमिल्सिनाले समाज निर्माणमा पूर्वाधार, संस्था र अर्थतन्त्र जतिकै कल्पना, भाषा, संस्कृति र स्मृतिको पनि महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

    “सरकारले पूर्वाधार निर्माण गर्न सक्छ । संस्थाले प्रणाली बनाउन सक्छ । अर्थतन्त्रले समृद्धि दिन सक्छ तर लेखक, कलाकार, कवि र कथाकारहरूले राष्ट्रको भित्री जीवन निर्माण गर्छन्”, उहाँले भन्नुभयो ।

    साहित्यिक मेलाहरूले सार्थक संवाद, सिर्जनात्मक सहकार्य तथा सर्जकहरूबीच अनुभव आदानप्रदान गर्ने महत्त्वपूर्ण थलोका रूपमा भूमिका निर्वाह गरिरहेका उहाँको कथन थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
    गलेश्वरको सडक स्तरोन्नतिः स्लेट ढुङ्गा बिछ्याइयो
    नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
    • झापामा हुरी र वर्षाले केराखेती नष्ट
    • विपन्न समुदायका विद्यार्थीको भरोसा बन्दै ‘महाकाली बहुप्राविधिक शिक्षालय’
    • बालबालिकाको कला प्रदर्शनीमार्फत सामाजिक मुद्दा उजागर
    • विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.