सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी


  •    न्युजभित्तो/२१ जेष्ठ २०८३, बिहीबार १६:३५ 
  • पाटन (ललितपुर), २१ जेठ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक भएको बताउनुभएको छ ।

    जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा दलित समुदायले पु¥याएको योगदान महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।

    मन्त्री वादीले भन्नुभयो, “नेपालको हरेक परिवर्तनमा दलित समुदायले पु¥याएको योगदानको सम्मान गर्न चाहन्छु, सीमित स्रोतसाधन जनशक्तिकाबीच आयोगले गरेका काम प्रशंसनीय छ, दलित समुदायका समस्या समाधान गर्न मन्त्रालय र आयोगबीच समन्वय र सहकार्य गर्छौं ।”

    राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेदका विषयमा सघन छलफल र संवादका माध्यमबाट समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले राज्य कमजोर र न्यूनआर्थिकस्तर भएकाका लागि हुनुपर्छ भन्ने पैरवी दलित आयोगले गरिरहेको छ भन्नुभयो ।

    आयोगका सदस्य मेहले पार्कीले आयोगले गरेका सिफारिस र सरोकार कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

    महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन गर्न सामाजिक चेतना अभिवृद्धिमा सरकार, आयोग र सरोकारवालाले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानवीय सम्मान, गरिमा र आत्मसम्मानको पाटोमा राज्यका सबै संयन्त्रले ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

    जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले दलित समुदायको न्यायमा पहुँचका लागि प्रहरी सङ्गठन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो ।

    विसं २०६३ जेठ २१ गते तत्कालीन संसद्बाट नेपाललाई जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्र घोषणा गरिएको थियो । उक्त दिनको स्मरणमा ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने नाराका साथ आज जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस मनाइएको हो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
    सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
    • माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
    • बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    • जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.