सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’


  •    न्युजभित्तो/४ भाद्र २०८३, बिहीबार १५:०७ 
  • काठमाडौँ, ४ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र, निष्पक्ष र संवैधानिक भूमिकाको पूर्ण सम्मान गर्दै सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीका सम्बन्धमा पदाधिकारीसँगको छलफल’मा मन्त्री गौतमले भ्रष्टाचारसम्बन्धी विषयको अनुसन्धान र अभियोजनमा सरकारबाट आवश्यक सहयोग हुने बताउनुभयो ।

    “भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन, प्रणालीगत कमजोरीलाई हटाउने दिशामा सरकार अघि बढ्न चाहन्छ, भ्रष्टाचारजन्य बदनियत र सामान्य प्रशासनिक त्रुटिबीच स्पष्टता छुट्याउनुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री गौतमले आयोगको तथ्य र अनुसन्धानबाट प्राप्त अनुभव तथा सुझावलाई सुशासनसँग जोडेर अघि बढ्न सरकार तयार रहेको बताउनुभयो ।

    मन्त्री गौतमले अख्तियारलाई राजनीतिक प्रतिशोध, व्यक्तिगत रिसइबी, कर्मचारी तर्साउने माध्यमका रुपमा दुरुपयोग गर्न नमिल्ने बताउनुभयो । उहाँले अनुसन्धान र अभियोजनको स्पष्ट मापदण्ड बनाउनुपर्नेमा जोड दिनुभयो ।

    “को माथि अनुसन्धान हुने, अनुसन्धान भइसकेपछि अभियोजन गर्न योग्य हो कि होइन भन्नेमा प्रष्टता हुनुपर्छ”, मन्त्री गौतमले भन्नुभयो, “कुन प्रारम्भिक परीक्षणका लागि पठाउने, कुन विस्तृत अनुसन्धानका गर्ने÷नगर्ने, कुन मुद्दा स्थगित गर्ने, कुन अभियोजनमा जाने÷नजाने भन्ने सम्बन्धमा स्पष्ट मापदण्ड हुनुपर्छ ।”

    अनुसन्धान नै सजाय बन्न नहुनेमा जोड दिँदै मन्त्री गौतमले भ्रष्टाचारसम्बन्धी विषयको अनुसन्धानको समयसीमा तोक्नु उपयुक्त हुने बताउनुभयो । “वर्षौंसम्म अनुसन्धानको घेरामा राख्नु आफैँमा अप्रत्यक्ष सजाय बनिदिनसक्छ, अनुसन्धान समयबद्ध हुनुपर्छ”, उहाँले भन्नुभयो ।

    मन्त्री गौतमले प्रमाण पु¥याएर मात्रै अभियोजन गर्न र अनुसन्धानको गोपनियतामा ध्यान दिन सुझाव दिनुभयो । “अनुसन्धान सुरुआत गर्दैगर्दा सबैभन्दा पहिला बाहिर आइसक्छ, त्यसले अनुसन्धानमा प्रभाव पर्छ कि पर्दैन रु”, उहाँले भन्नुभयो, “अनुसन्धान भइरहेको विषय छताछुल्ल भएर बाहिर आइरहेको देखिन्छ, यस बारेमा पनि गम्भीर हुनुपर्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    • बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.