सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त


  •    न्युजभित्तो/४ भाद्र २०८३, बिहीबार १६:३२ 
  • मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त भएका छन् । एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनमा दाबी गरेका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी गरेका थापाको नियुक्तिको सन्दर्भमा राप्रपा भित्र विवाद भइरहेको छ । विवादकाबिच थापा मुख्यमन्त्री नियुक्त भएका हुन् । थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ । यसअघि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले भदौ १ मा संसद्‌बाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका थिए । त्यस लगत्तै प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्दै भदौ ४ गते ४ बजेसम्मको समयसीमा दिएका थिए ।

    थापा बागमती प्रदेशसभाको दोस्रो कार्यकालको चौथो मुख्यमन्त्री हुन् । यसअघि नेकपाका शालिकराम जम्कट्टेल, कांग्रेसका बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गरिसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.