राष्ट्रिय

दाङका पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु
-न्युजभित्तो

दाङ, ९ वैशाख । दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अधिकारीले चैत २५ गते नेपाल...

अति आवश्यक परे मात्रै भरतपुर अस्पताल आउन सर्वसाधारणमा अपिल
-न्युजभित्तो

चितवन, ९ वैशाख ।  भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने जनाएको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ...

बुधबारदेखि मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु
-न्युजभित्तो

भक्तपुर, ९ वैशाख । मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु गरेको छ । केहीदिन भित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ । भक्तपुर क्षेत्र नं २ का...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने जग्गाको स्रेस्ता उतार्ने काम शुरु
-न्युजभित्तो

खोटाङ, ९ वैशाख । रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने जग्गाको स्रेस्ता उतार्ने काम शुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनामा पर्ने उक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने जग्गाधनीलाई मुआब्जा दिएर अधिग्रहण गर्ने...

इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन
-न्युजभित्तो

झापा, ९ वैशाख  । वैदेशिक रोजगारीबाट फर्केर मेचीनगर नगरपालिका–९ थोप्लेबिरानका सुनिल शिवाकोटीले शुरु गर्नुभएको इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन लाभदायक बनेको छ । प्लास्टिकको भकारीमा पानी भरेर माछा पाल्ने इन्डोनेशियाली प्रविधि सुनिलले मलेशियामा रहँदा सिकेको बताउनुभयो । एक वर्षअघि ‘सावनी...

संवादको आफ्नो पहललाई कमजोरी नठान्न माधव नेपाललाई ओलीको चेतावनी
-न्युजभित्तो

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको बताएका छन् । तर, समूहगत रुपमा भने कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई...

ओली नेतृत्वको सरकारलाई साथ दिने जसपा अध्यक्ष ठाकुरको निष्कर्ष
-न्युजभित्तो

काठमाडौं, बैशाख ९ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि ठाकुर यस्तो निष्कर्षमा पुगेको...

यसरी गरियो अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन
-न्युजभित्तो

माडी (चितवन), ८ वैशाख । चितवनको माडी नगरपालिकामो अयोध्याधाममा भव्य समारोहबीच राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ । अयोध्याधाम व्यवस्थाापन समितिले आज आयोजना गरेको कार्यक्रममा धार्मिक गुरुहरु, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा त्यहाँ निर्माण गरिएको मन्दिरमा मूर्ति...

एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय
-न्युजभित्तो

पाँचथर, ८ वैशाख ।  मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मङ्गलबार साँझ सप्तमीबजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर...

सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई
-न्युजभित्तो

काठमाडौँ, ८ वैशाख । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि...