कान्छिचोकमा टिपरले ठक्कर दिदा महिलाको घटना स्थलमै मृत्यु
न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार १४:०९
चितवन, १२ बैशाख ।भरतपुरमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
भरतपुर महानगरपालिका २१ स्थित कान्छिचोकमा टिपरले साइकलमा सवार महिलालाई ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको हो । शान्तीपुरबाट पार्वतीपुर तर्फ जादै गरेको ना ७ ख ८११९ न को टिपरले साइकललाई आज आइतवार १०ः३० बजे ठक्कर दिएको हो ।
मृतकको शवको मुचुल्का उठाएर पोर्ट्मार्टमको लागि भरतपुर ल्याउने तयारी भइरहेको चितवन प्रहरीले जनाएको छ । मृतकको व्यक्तिगत विवरण आउन बाकी छ । टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन । टिपरलाई प्रह्रीले घटना स्थलमा घेराउ दिई नियन्त्रणमा राखेको छ ।