सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तिलोत्तमा छात्राको मृत्युपछि शैक्षिक संस्था बन्द, अरु क्षेत्रमा पनि थप कडाइ


  •    न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार १४:५२ 
  • रुपन्देही,१२ वैशाख । कक्षा १० मा अध्ययनरत एक निजी विद्यालयकी छात्राको मृत्यु भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पूर्ण शैक्षिक संस्थाहरु आजदेखि बन्द भएका छन् ।

    नगरपालिका क्षेत्रमा केही दिनयता कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा रहेको र संक्रमणले थप जटिलता ल्याउनसक्ने निष्कर्ष निकाल्दै आइतबार बसेको नगरपालिकास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

    नगर प्रमुख एवं सिसिएमसी संयोजक वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, सामुदायिक तथा संस्थागत विद्यालय, अभिभावक, व्यवसायिक संघ–संस्था, सञ्चारकर्मीका प्रतिनिधिहरुको सहभागिता थियो ।

    बैठकले आजकैं मितिदेखि लागू हुनेगरी नगरभित्रका सम्पूर्ण विद्यालय, कलेज, होस्टल, ट्युशन सेन्टर, तालिम सेन्टर अर्को निर्णय नहुँदासम्मको लागि पूर्णतः बन्द गर्नुको साथैं सबै प्रकारका परीक्षाहरु समेत तत्काल स्थगित गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए ।

    बैठकले तिलोत्तमा–१, नयाँमिल स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा बसेर अध्ययन गर्ने छात्रा प्रतिमा सापकोटाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सो घटनाको विषयमा तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानबिन समिति गठन गरेको छ ।

    बैठकले नगरपालिका शिक्षा शाखा प्रमुख उप–सचिव गंगाराम आचार्यको संयोजकत्वमा नगरपालिका शिक्षा समिति सदस्य टंकप्रसाद पौडेल, प्याब्सन तिलोत्तमा अध्यक्ष डिबी थापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण ज्ञवाली र नगरपालिका कोरोना फोकल पर्सन केशव भट्टराई सदस्य रहेको छानबिन समिति गठन गरेको हो । बैठकले घटनाको विषयमा सबै पक्षलाई धैर्य र संयमित रहन अपिल समेत गरेको प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

    बैठकले सम्पूर्ण हाटबजारहरु अर्को निर्णय नहुँदासम्मको लागि तत्काल बन्द गर्ने÷गराउने, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थानमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने÷नगराउनेलगायतका निर्णय समेत गरेको छ ।

    बैंक, वित्तीय संस्था, सहकारी, पसल, व्यवसाय, होटल सञ्चालन गर्दा जनस्वास्थ्यका आवश्यक साधनसहित मापदण्डलाई पूर्णरुपमा परिपालना गर्ने/गराउने, विवाह, ब्रतन्ध, न्वारन, पास्नी, धार्मिक अनुष्ठान, अन्तिम संस्कार जस्ता अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु निर्धारित मापदण्डको पालन हुने गरी मात्र सञ्चालन गर्ने निर्णय समेत गरिएको बैठकपछि जारी सूचनामा जनाइएको छ ।

    सार्वजनिक ठाउँमा हिँडडुल गर्दा अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने तथा न्यूनतम २ मिटरको भौतिक दुरी कायम गर्ने, पटक–पटक साबुन–पानीले हात धुने अथवा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्न बैठकले नगरबासीलाई आग्रह गरेको छ ।

    यस्तै बैठकले भारतबाट आउने नेपाली तथा अन्य व्यक्तिलाई परिवार, आफन्त, टोल विकास संस्थाहरुले कोरोना प्रोटोकलमा रहन सहजीकरण गर्ने तथा कुनै व्यक्तिलाई कोभिड–१९ को लक्ष्मण देखिएमा तत्कालै नजिकैंको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने वा यकिन गर्न कोरोना परीक्षण गर्ने/गराउने निर्णय समेत भएको जारी सूचनामा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.