सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाना उद्योग र अन्न भण्डारण भवन बन्ने


  •    न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार १४:२५ 
  • सर्लाही, १२ वैशाख । वाग्मती नगरपालिका– ८ शङ्करपुरमा दाना उद्योग निर्माण गरिने भएको छ । शङ्करपुरमा करीब रु एक करोडको लागतमा दाना उद्योगको निर्माण गरिने भएको हो ।

    स्थानीय किसानको व्यावसायिक पशुपालनमा लागत कम गर्न उद्योग सञ्चालन गर्न लागिएको नगर प्रमुख भरतकुमार थापाले बताउनुभयो । उद्योग स्थापनाको पहिलो चरणमा सङ्घीय सरकारबाट नगरपालिकामार्फत रु ५० लाख र साना किसान कृषि सहकारी संस्था लिमिटेड शङ्करपुरबाट रु ५० लाख गरी जम्मा रु एक करोडको लागत साझेदारीमा आगामी असार १५ गतेभित्र कम्पाउण्ड वाल र फुटपाथ निर्माण गरिने संस्थाका प्रबन्धक माधव काफ्लेले जानकारी दिनुभयो ।

    दाना उद्योग निर्माणका लागि कूल लागत रु पाँच करोड ९३ लाख ९७ हजार ११० लाग्ने अनुमान गरिएको प्रबन्धक काफ्लेले बताउनुभयो । सोका लागि सङ्घीय सरकारबाट ५० प्रतिशत अनुदान, नगरपालिकाको कृषि कार्यक्रमबाट २५ प्रतिशत र बाँकी २५ प्रतिशत रकम समुदायबाट शेयर आह्वान गरी उद्योग निर्माण गरिने प्रबन्धक काफ्लेले बताउनुभयो । निर्माण हुन लागेको उक्त उद्योगमा प्रतिघण्टा पाँच टन तयारी दाना उत्पादन हुने संस्थाले जनाएको छ ।

    कृषि जोनका रुपमा रहेको वाग्मती नगर क्षेत्रमा मकै, गहँु, आलुलगायतका अन्नबाली अत्यधिकमात्रामा उत्पादन हुने गरेको छ । उत्पादन भएको अन्नबाली किसानले थोरै मूल्यमा खेतैबाट बेच्नुपर्ने बाध्यता खेप्दै आएका थिए । उद्योग सञ्चालनपछि यस क्षेत्रका किसानले उत्पादन गरेका मकै, धान गहुँलगायतका बालीले मूल्य पाउने र पशुपालन गर्ने किसानले दाना खरीदमा मूल्य कम हुने अपेक्षा गरेका छन् ।

    त्यसैगरी वडा नं ५ मा करीब रु एक करोड ५० लाखको लागतमा अन्न भण्डार पनि भवन निर्माण गरिने भएको छ । स्थानीय किसानले उत्पादन गरेको कृषिउपज भण्डारण गर्ने गरी भवन तयार गर्न लागिएको नगर प्रमुख थापाले बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.