सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभ्य र समृद्ध समाज निर्माणमा अग्रसर हुन महावीर जयन्तीले सबैलाई प्रेरणा प्रदान गरोस् : राष्ट्रपति


  •    न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार १२:२१ 
  • काठमाडौँ, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवत्र्तक महावीरको दुई हजार ६२०औँ जन्मजयन्तीका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख‚ शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

    महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य (चोरी नगर्ने), ब्रह्मचर्य र अपरिग्रह (सङ्ग्रह नगर्ने) देखाउनुभएको जनाउँदै राष्ट्रपतिले अहिंसा नै मानवको साँचो धर्म हो भन्ने र सानोभन्दा सानो जीवको समेत हत्या गर्नुहुँदैन भन्ने उहाँको सन्देशबाट परिवार, समाज, राष्ट्र र विश्वमा नै द्वन्द्व र विग्रहको अन्त्य गरी शान्ति स्थापनामा मानव जातिलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    धार्मिक, सांस्कृतिक, भाषिक एवं भौगोलिक विविधतायुक्त इन्द्रेणीरूपी नेपाली समाजमा यस्ता पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अभिवृद्धि गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान पुयाउ विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सामाजिक न्यायमा आधारित सभ्य र समृद्ध समाज निर्माणका बाटामा अग्रसर हुन महावीर जयन्तीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

    अहिंसा, त्याग एवं तपस्याको सन्देश दिने जैन धर्मका संस्थापक एवं धार्मिक गुरु वर्धमान महावीरको जन्म ५९९ इसापूर्वमा भएको थियो । प्रत्येक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभरि छरिएर रहेका जैन धर्मावलम्बीले महावीर जयन्ती मनाउने गर्छन् । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत ॐकार परिवारका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.