सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माधव पक्षले फ्लोर क्रस गर्ने एमालेको आँकलन, कारवाहीको जिम्मा स्थायी कमिटीलाई


  •    न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार १३:०० 
  • काठमाडौं , १२ वैशाख । नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने बारे सुक्ष्म अध्ययन भइरहेको जनाएको छ ।

    क-कसलाई कारवाही अघि बढाउने भन्ने प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिइएको महाधिवेशन आयोजक कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    एमाले महाधिवेशन आयोजक कमिटीको बैठकबारे जानकारी गराउँदै एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको बताए । आजको बैठकले कारवाही सम्बन्धी कुनै निर्णय नलिएको उनले बताए ।

    ‘सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने देखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे हामी गम्भीर छौं । त्यस्तो परिस्थिति आउन नदिन आवश्यक सबै कदम चाल्नेछौं’, ज्ञवालीले पत्रकारहरूसँग भने । यसैबीच, बैठकले कोरोनाविरुद्धको लडाइँमा सिंगो पार्टी पंक्तिलाई सक्रिय बनाउने निर्णय समेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.