राष्ट्रिय
वीरगञ्ज, ११ जेठ । भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ । दैनिक भारतबाट सो नाका...
ओखलढुङ्गा, ११ जेठ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि गाउँ गाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सङ्क्रमित नागरिकलाई राखेर उपचार गर्न अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेका हुन् । जिल्लाको सुनकोशी गाउँपालिकाले च्यानम स्वास्थ्य चौकीमा...
काठमाडौँ, ११ जेठ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो । यस्तै तीव्ररूपमा...
काठमाडौँ, ११ जेठ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट गर्नुभएको छ । सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर...
काठमाडौं,११ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्दै छन् । मंगलबार दिउँसो संसद भवन बानेश्वरमा उनले पूर्वसभामुखहरूसँग छलफल गर्न लागेका हुन्। सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संसद विघटनबारे पूर्वसभामुखहरुसँग छलफल गर्न लागेको जानकारी दिए । ‘अहिले फेरि संसद विघटन...
काठमाडौं,११ जेठ । कोभिड-१९ संक्रमणको जोखिम भएकाले बहराइनले नेपालसहित एसियाका पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ । नेपालसहित एसियाली मुलुकहरु भारत, पाकिस्तान, श्रीलङ्का र बंलादेशबाट बहराइन जानप्रतिवन्ध लगाइएको हो । कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई “रेड लिष्ट” मा पारेर...
काठमाडौँ, ११ जेठ । कोभिड–१९ सङ्क्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायर बढाएको छ । यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ । परीक्षणका लागि हरेक दिन १०...
जलेश्वर, ११ जेठ । कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था...
कनकाई, ११ जेठ । झापाको कनकाई नगरपालिकालाई मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स हस्तान्तरण गरेको छ । कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा अघि बढेसँगै सङ्क्रमित बिरामीको चाप बढ्न थालेपछि महामारीका बेला सहयोग गर्ने उद्देश्यले स्थानीय सरकारलाई एम्बुलेन्स हस्तान्तरण...
काठमाडौं, ११ जेठ । कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण...
















