सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुःखमा ‘सपना’


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १५:५१ 
  • चितवन, १३ जेठ । मानव जगत्मा आइपरेका हरेक दुःखमा सपना पुग्ने गरेको छ । भूकम्प, आँधीबेहरी, बाढीपहिरो हुँदै कोभिडको दोस्रो लहरमा पनि यहाँको सपना भिलेज सोसल इप्याक्ट पुग्ने गरेको हो । पछिल्ला दिनमा अधिकांशका सामाजिक सञ्जालमा छाइरहेको सपना भिलेजले अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ । केही दिनमै निषेधाज्ञाका कारण प्रभावितका लागि खाद्यान्न वितरण गर्ने तयारी गरिएको छ ।

    संस्थाका अध्यक्ष ध्रुव गिरीका अनुसार एउटा गाडीलाई एम्बुलेन्स बनाएर कोभिडको अभियानमा सहयोगको शुरुआत गरिएको हो । सो गाडीले ३५ जनालाई अस्पताल र आइसोलेशनसम्म पुयाइसकेको छ । यससँगै भरतपुर अस्पताललाई १० थान अक्सिजन सिलिण्डर, इच्छाकामना गाउँपालिकालाई पाँच थान र बकुलहर रत्ननगर अस्पताललाई २० थान सिलिण्डर वितरण गरिसकिएको छ ।

    रु एक लाख ६५ हजार बराबरको पिपिई सेट, मास्क र ग्लोब्स अस्पताललाई वितरण गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लाका पत्रकारका लागि रु दुई लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ । चीनबाट १० लिटरका १० थान अक्सिजन कन्सनट्रेटर झिकाइएको गिरीले बताउनुभयो । कन्सनट्रेटरलाई चीनमा नै एक थानको रु एक लाख ३५ हजार नेपाली परेको उहाँको भनाइ छ । केही दिनभित्रै यहाँ ल्याएर आवश्यकतानुसार सेवा दिइने बताइएको छ ।

    सपना भिलेजले खाद्यान्नको अभाव भएकालाई वितरण गर्नका लागि रु १५ लाखको फुड प्याकेज तयार गरेको छ । सो संस्थाले कोभिडको पहिलो लहरमा रु ३५ लाख बराबरको खाद्यान्न वितरण गरेको थियो । गिरीको भनाइमा विसं २०७२ को भूकम्प गएपछि रु ४५ लाख बराबरको खाद्यान्न सम्बन्धित जिल्लामा गएर वितरण गरिएको थियो ।

    कोरोना सङ्क्रमण अझै बढ्दै गएमा थप सामाजिक सेवाका काम थाल्ने सपना भिलेजको योजना छ । तराइमा आँधीबेहरी आउँदा होस् वा पहाडमा बाढीपहिरो सबै ठाउँमा सपना भिलेज पुग्ने गरेको गिरी बताउनुहुन्छ । गिरीसँगै सपना भिलेज सोसल इम्प्याक्ट समितिमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण पौडेल, अधिवक्ता सजनराम भण्डारी र व्यवसायी अजितमान प्रधान हुनुहुन्छ ।

    विगत नौ वर्षदेखि यो संस्थाले काम गर्दै आएको छ । गिरीले नेतृत्व गरिरहेको सौराहाको सपना भिलेजमा आउने एक पाहुनाको रु ५०० यो अभियानमा खर्च गरिन्छ । यससँगै नेदरल्याण्डमा रहेको सेमी फाउण्डेशनले मुख्य सहयोग गर्दै आएको छ ।

    संस्थाका सदस्य डा पौडेलका अनुसार यसका अतिरिक्त ग्रामीण क्षेत्रमा कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यमा संस्थाले काम गरिरहेको छ । सिद्धीको विकासमा एक कदम भन्ने तीनवर्षे कार्यक्रम सम्पन्न गरेको उहाँको भनाइ छ । यससँगै इच्छाकामना गाउँपालिका वडा नं ८ र ९ मा अहिले वातावरण बचाउँदै विकास गर्ने योजनाका साथ स्थानीयवासीसँग काम गरिरहेको पौडेलले जानकारी दिनुभयो ।

    सोही संस्थाले रत्ननगरको मालपुरमा रहेको मुसहर बस्तीमा पनि गरिबी निवारणका लागि काम गरिरहेको छ । यी परियोजनामा रु पाँच करोडभन्दा बढी लगानी भइसकेको संस्थाले जनाएको छ । रत्ननगरका प्रमुखसमेत रहनुभएका संस्थाका सदस्य वन दुःखमा साथ दिन यो संस्था निरन्तर लागिरहेको बताउनुहुन्छ । विषम परिस्थितिमा तत्कालका लागि राहत दिलाउनेदेखि गरिबको जीवनस्तर उकास्न संस्थाको महत्वपूर्ण भूमिका रहेको वनको भनाइ छ ।

    इच्छाकामनाका अध्यक्ष गीता गुरुङ ग्रामीण क्षेत्रमा स्थानीयवासीको जीवनस्तर उकास्न सपना भिलेजको महत्वपूर्ण योगदान रहेको बताउनुहुन्छ । आफ्नो गाउँपालिकामा पछाडि परेका बहुसङ्ख्यक चेपाङसहितका बासिन्दालाई सहयोग गर्दै आएको गुरुङको भनाइ छ । अहिले कोरोना सङ्क्रमणको समयमा यस संस्थाले महत्वपूर्ण सहयोग गरेको उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.