सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अरुणा आयुर्वेदद्धारा प्रेस युनियन चितवनलाई स्वास्थ्य सामाग्री सहयोग्


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १८:२४ 
  • चितवन, १३ जेठ । नेपाल प्रेस युनियन चितवनलाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । नारायणगढमा रहेको अरुणा आयुर्वेद औषधालयले स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोनाको कहरमा अग्रपंतीमा खटिने पत्रकारको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको औषधालयका संचालक बाल गोपाल श्रेष्ठले बताउनुभयो ।

    जोखिममा रहेका पत्रकारको लागि रिर्पोटिङमा जान सहज होस भनि स्वास्थ्य सामाग्री सहयोग गरिएको उहाँको भनाई छ । अरुणा औषधालयले एक हजार पिस मास्क, ५० थान एन ९५ माक्स, ७० वटा सेनिटाइजर लगाएत स्वास्थ्य सामाग्री सहयोग गरेको हो । उक्त स्वास्थ्य सामाग्री नेपाल आयुर्वेद औषध व्यवसाय संघ चितवनका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका संचालक बाल गोपाल श्रेष्ठले प्रेस युनियन चितवन जिल्ला अध्यक्ष अनिल ढकाललाई हस्तान्तरण गर्नुभयो ।

    सो अवसरमा प्रेस युनियन जिल्ला अध्यक्ष ढकालले स्वास्थ्य सामाग्रीका कारण कोरोना महामारीमा पनि निरन्तर अग्रपंतीमा खटिने पत्रकारका लागि वितरण गरिने बताउनुभयो । औषधालयले विभिन्न किसिमका दिर्घरोगको सफल उपचारका साथ साथै परामर्श गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.