सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा थप ८ संक्रमितको मृत्यु


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १५:२५ 
  • काठमाडौं,१३ जेठ । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एक/एकजना गरी ८ जनाको मृत्यु भएको हो । यो संख्या बुधबार राति ७ः१५ बजेदेखि बिहीबार बिहान ७ बजेसम्मको हो ।

    बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५७ वर्षीय पुरुषको बुधबार राति ७ः१५ बजे, वडा नम्बर २० कै ५५ वर्षीया महिलाको बुधबार राति १२ः४० बजे र वडा नम्बर १८ का ७३ वर्षीया महिलाको बिहीबार बिहान भेरी अस्पतालमा मृत्यु भएको उनले बताए ।

    बर्दियाको बासगँढी नगरपालिका–५ का ७५ वर्षीया महिलाको बुधबार राति ७ः३० बजे र गुलरिया नगरपालिका–५ का ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । ७५ वर्षीया महिलामा जेठ २ गते र ८० वर्षीय पुरुषमा जेठ १२ गते संक्रमण पुष्टि भएको थियो ।

    कैलालीको जानकी गाउँपालिका–९ की ७४ वर्षीया महिलाको बुधबार राति ७ः२० बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा वैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

    कञ्चनपुरको पुनर्बास नगरपालिका–६ का ४७ वर्षीया महिलाको बिहीबार बिहान २ बजे र दाङको घोराही उपमहानगरपालिका–३ की ५६ वर्षीया महिलाको बिहीबार बिहान २ः४५ बजे नपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । ४७ वर्षीया महिलामा वैशाख १७ गते र ५६ वर्षीया महिलामा जेठ ७ गते संक्रमण पुष्टि भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.