राष्ट्रिय

मानव अधिकार आयोगको ठहर- स्वास्थ्य सामग्रीको अभावमा बिरामीको ज्यान गयो
-न्युजभित्तो

काठमाडौं,१७ जेठ । कोरोना महामारीको बेला कास्की, मोरङ, झापा लगायातका जिल्लाहरूमा अक्सिजन, आइसियु तथा भेन्टिलेटरको अभावमा बिरामीहरूको ज्यान गएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ । आयोगले आफ्ना विभिन्न शाखाबाट गरेको अनुगमनबाट अत्यावश्यक स्वास्थ्य उपकरणको अभावमा बिरामीको ज्यान गएको ठहर...

ठाकुर र महतो पुगे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार
-न्युजभित्तो

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । सरकारमा सहभागीताको विषयमा भेटघाटमा छलफल भएको स्रोतले बताएको छ । ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने...

सुनाकोठी र बागडोलमा निःशुल्क आइसोलेशन
-न्युजभित्तो

ललितपुर, १७ जेठ । ललितपुर महानगरपालिका–२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ । कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो । ललितपुरमा बस्ने आर्थिक अवस्था कमजोर भएका तथा संयुक्त...

खुलालु पक्की पुल चाँडो सम्पन्न गर्न निर्देशन
-न्युजभित्तो

कर्णाली, १७ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधीन पक्की पुल चाँडो सम्पन्न गर्न निर्माण कम्पन्नीलाई निर्देशन दिनुभएको छ । आइतबार बेलुका कर्णाली करिडोरअन्तर्गत खुलालुमा पुगेर निर्माणाधीन पुलको अनुगमन गर्नुभएका उहाँले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन...

पूर्वप्रदेश प्रमुख भन्छन् : पटक-पटक संसद विघटनले संविधानको जीवन क्षय हुन्छ
-न्युजभित्तो

 काठमाडौं,१७ जेठ । पूर्व प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा प्रतिनिधिसभा पटक-पटक विघटन गर्ने कार्यले संविधानको जीवन क्षय हुने बताएका छन् । प्रदेश-१ का पूर्वप्रमुख गोविन्दबहादुर तुम्वाहाङ, गण्डकीका पूर्वप्रमुख बाबुराम कुँवर र कर्णाली प्रदेशका पूर्वप्रमुख दुर्गाकेशर...

धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने
-न्युजभित्तो

धरान, १७ जेठ । धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । उपमहानगरपालिका प्रमुख...

यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु
-न्युजभित्तो

दार्चुला, १७ जेठ । अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो । यार्सागुम्बा सङ्कलनका लागि...

चीनद्वारा ८०० थान अक्सिजन सिलिन्डरसहित थप स्वास्थ्य सहायता प्रदान
-न्युजभित्तो

काठमाडौं,१७ जेठ । कोरोनाभाइरस महामारीविरुद्ध चीनको तिब्बतले नेपाललाई थप स्वास्थ्य सहायता उपलब्ध गराएको छ । तातोपानी सीमा नाकामा तिब्बती अधिकारीहरुले नेपाली पक्षलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । जसमा ८०० थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सनट्रेटर, ५ थान भेन्टिलेटर, २००...

सुनको मूल्य तोलामा दुई सयले बढ्यो
-न्युजभित्तो

काठमाडौं,१७ जेठ । सुनको मूल्य सोमबार नेपाली बजारमा तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको छ । आइताबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको...

राष्ट्रियसभा उपचुनावको परिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने
-न्युजभित्तो

रूपन्देही, १७ जेठ । लुम्बिनी प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि जारी मतदान दिउँसो ३ बजेसम्म रहनेछ । कोरोना महामारीको उच्च जोखिमका कारण...