सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शान्ति समाजको २६ औँ स्थापना दिवसमा रक्तदान


  •    न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार १५:२८ 
  • काठमाडौँ,१९ जेठ । शान्ति, मानव अधिकार, लोकतन्त्र एवं मानवीय सेवामा काम गर्ने उद्देश्यले स्थापना भएको मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा १६ जिल्लामा सहयोगसहित रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

    शान्ति समाज काठमाडौँ शाखाले तारकेश्वरस्थित नवजीवन परोपकार समाज र कागेश्वरी मनोहरास्थित ज्येष्ठ नागरिक आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ । समाज चितवन शाखाद्वारा आयोजित रक्तदानमा २५ र दाङ शाखाद्वारा आयोजित कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दाङ शाखाले मेट्रो अस्पताल अस्वारलाई एक हजार लिटरको पानी ट्याङ्की र कोरोना विशेष अस्पताल वेलझुण्डीलाई दुई थान त्रिपाल सहयोग हस्तान्तरण गरेको छ ।

    रुपन्देही शाखाले सिर्जनशील समाजद्वारा सञ्चालित बालगृहलाई खाद्यान्न सहयोग गर्नाका साथै प्रादेशिक अस्पतालमा कार्यरत र उपचाररत बिरामीलाई खाजा खुवाएको छ । समाज स्थापना दिवसका अवसरमा नुवाकोट शाखाले ज्येष्ठ नागरिक वृद्धाश्रम देवीघाटलाई, पाल्पा शाखाले पाल्पाको नारायणस्थानमा श्रमिकलाई, नवलपुर शाखाले गैँडाकोटको अपाङ्ग जीवन विकास संस्थालाई, तेह्रथुम शाखाले म्याङलुङ आश्रममा खाद्य सामग्री सहयोग गरेको छ ।

    तेह्रथुम र झापा शाखाले कोभिड नियन्त्रणमा केन्द्रित रही सचेतना कार्यक्रम गरेका छन् । स्थापना दिवसकै अवसरमा नवलपरासी सुस्ता पश्चिम शाखाले बर्दघाट नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पतालमा उपचाररत बिरामीका लागि १७ वटा सिलिण्डरमा अक्सिजन भरी सहयोग गर्ने कार्यक्रम रहेको जनाएको छ । मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था समाजको स्थापना २०५३ साल जेठ १९ गते भएको थियो ।

    समाजको संस्थापक सभापति कृष्ण पहाडी र संस्थापक महासचिव सुवास ढकाल हुनुहुन्छ । कृष्ण कँडेल, लीला खनाललगायत संस्थापक सदस्य हुनुहुन्छ । समाजको हाल केन्द्रीय सभापति गोविन्द खनाल हुनुहुन्छ भने सल्लाहकारमा पूर्वसभापतिद्वय होमकान्त चौलागाईं र उत्तम पुडासैनी हुनुहुन्छ । यसैगरी पूर्वसभापति डा गङ्गाधर अधिकारी यसअघि सल्लाहकार रहिसक्नुभएको छ । हाल ३९ जिल्ला शाखा र एक हजार ४०० भन्दा बढी आजीवन सदस्य रहेको समाजमा स्थापनाकालदेखि सदस्यता लिनेहरुको सङ्ख्या १२ हजार नाघेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.