सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले स्थायी कमिटी बैठक स्थगित, एकता वार्ता निष्कर्षमा पुग्न बाँकी


  •    न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार १५:१३ 
  • काठमाडौं,१९ जेठ । आज बस्ने तय भएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको एमालेले जनाएको छ ।

    मंगलबार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका केही नेताहरु बाहेक अन्यलाई सम्मानजनक रुपमा पार्टी एकता प्रक्रियामा सामेल गर्नेबारे छलफल भएको थियो ।

    माधव नेपाल, भीम रावल लगाायतका नेताहरु भने एमालेमा नफर्किने निष्कर्ष एमाले नेताहरुको छ । एकताका लागि वार्तामा रहेका नेताहरुलाई माधव नेपाल पक्षबाटै दबाब बढेपछि आज ठोस प्रगति नभएकाले बैठक भोलिसम्मलाई स्थगित गरिएको स्रोतले जनाएको छ ।

    एकताकै लागि वातावरण बनाउन शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदमाथिको कारवाही समेत रोकिएको छ । एमाले स्रोतका अनुसार २०७५ जेठ २ मै फर्किए पनि अब एक हुन नसकिने कुरामा माधव नेपाल लगायतका नेता प्रष्ट छन् । आफू धेरै अघि बढिसकेकाले अब ओलीले जेठ २ मा फर्किने निर्णय गरे पनि उनको जालमा नपर्ने नेपालले निकट नेताहरुलाई बताएका छन् ।

    नेपालले अहिले बनेको विपक्षी गठनबन्धनले राष्ट्रियसभाका दुवै सिट जितपछि उत्साहित हुँदै यहि गठबन्धन अब स्थानीय र आम निर्वाचनसम्म जाने बताएका छन् । तर जेठ २ मा फर्किने अवस्था आएमा नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरु भने एमालेमै रहनुपर्ने अडानमा छन् । तिनै नेताहरु अहिले वार्तामा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.