सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको विरोधमा विराटनगरमा प्रदर्शन


  •    न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार १४:३९ 
  •  विराटनगर,१९ जेठ । कोशी अस्पतालबाट डिउटी सकेर घर फर्कंदै गरेका स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ । मंगलबार राति साढे ९ बजे अस्पतालबाट घर फर्कंदै गर्दा सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले कुटपिट गरेको हो ।

    मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा डिउटीमा रहेका दुईजना प्रहरीले कुटपिट गरेको उनले बताए । ‘परिचय पत्र भिरेर डिउटीबाट घरजाँदा प्रहरीले बाटोमा रोक्नुभयो,’ उनले भने, ‘स्वास्थ्यकर्मी हुँ भन्दाभन्दै दुईजना प्रहरीले कुटपिट गरे ।’ कुटपिटका कारण राजवंशीको खुट्टा र घोडामा निलडाम छ ।

    स्वास्थ्यकर्मीको प्रदर्शन

    सहकर्मी कुटिएको विरोधमा विराटनगरमा स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् । बुधबार कोशी अस्पताल विराटनगर परिसरमा प्लेकार्डसहित कुटपिटको विरोधमा प्रदर्शन गरेका हुन् ।

    नेपाल चिकित्सक संघ कोशीको अगुवाइमा प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरे । यस्तै नेपाल चिकित्सक संघ कोशीका अध्यक्ष डा. फरवार्ड सिलवालले महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी प्रहरीबाटै कुटिनु दुःखद भएको बताए ।

    स्वास्थ्यकर्मी कुटिएको विषयमा प्रहरीले छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । ‘निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरी खटिएका छन्, स्वास्थ्यकर्मीमाथि हातपात भएको विषयमा हामी छानबिन गर्छौं,’ उनले भने, ‘महामारीमा स्वास्थ्यकर्मीको भूमिका उच्च छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.