राष्ट्रिय

अवरुद्ध टेलिफोन सेवा सञ्चालन
-न्युजभित्तो

किमाथाङ्का, ४ असार । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन भएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोलामा २० दिनदेखि अवरुद्ध टेलिफोन सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको हो । भोटखोलाको अवरुद्ध टेलिफोन सेवा २० दिनपछि पुनः सञ्चालन...

गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत
-न्युजभित्तो

पोखरा,४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् । अहिले उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ । निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको...

सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ
-न्युजभित्तो

 सप्तरी, ४ असार । सप्तरीमा सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । १३ वर्र्ष कैद सजाय पाएर फरार भएका तत्कालीन साविकको सकरपुरा गाविस-७ (हाल तिलाठी कोइलाडी गाउँपालिका-३)का लफन्दर भनिने ओमप्रकाश मुखियालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई...

महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

दार्चुला, ४ असार । लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ । आज बिहान महाकाली नदीको बहाव पाँच मिटर ८०...

ओरालो लाग्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं, ४ असार । केही दिन यता नेपाली बजारमा लगातार ओरालो लाग्न थालेको सुनको मूल्य शुक्रबार थप १२ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८००...

बूढीगण्डकीले दुई घर बगायो
-न्युजभित्तो

गोरखा, ४ असार । धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र...

महाकाली अस्पतालमा भौतिक पूर्वाधार निर्माण हुँदै
-न्युजभित्तो

कञ्चनपुर, ४ असार । महाकाली प्रादेशिक अस्पतालमा ठूलो लगानीमा पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिक बनाएपछि अस्पतालको गुरुयोजनाअनुसार पूर्वाधार निर्माण गर्न लागिएको हो । अस्पतालमा रु ३० करोड लगानीमा प्रसूति सेवा र बालरोग...

पाँच दिनदेखि हवाई सेवा अवरुद्ध
-न्युजभित्तो

सिमकोट, ४ असार । अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा पाँच दिनदेखि अवरुद्ध बनेको छ । देशभरसहित हुम्लामा लगातार परेको वर्षाका कारण हवाई उडान हुन नसकेको हो । निषेधाज्ञाको समयमा पनि नेपालगञ्ज सुर्खेतबाट नियमित उडान भर्दै आएका निजी हवाई...

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै,
-न्युजभित्तो

पोखरा, ४ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । गण्डकी सरकारका प्रवक्ता कुमार खड्काका अनुसार शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेका हुन् । एमाले संसदीय दलका...

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि
-न्युजभित्तो

काठमाडौं,४ असार । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ। १४ औं महाधिवेशनका सन्दर्भमा बिहीबारदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । विहिबारको बैठकले महाधिवेशनको तालिकालाई सामान्य संशोधनसहित अनुमोदन गरेको छ...