सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १०:४१ 
  • काठमाडौं,४ असार । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ। १४ औं महाधिवेशनका सन्दर्भमा बिहीबारदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    विहिबारको बैठकले महाधिवेशनको तालिकालाई सामान्य संशोधनसहित अनुमोदन गरेको छ । यसअघि पदाधिकारी बैठकले क्रियाशील सदस्यताको सम्पूर्ण कार्यको टुंगो असार २० सम्ममा लगाउने भनेकोमा त्यसलाई बढाएर असार मसान्तसम्म समय दिइएको छ । पदाधिकारी बैठकले प्रस्ताव गरेका तल्ला तहको अधिवेशन तालिकालाई सामान्य संशोधन गरिएको छ ।

    महाधिवेशनको मिति भने भदौ १६ देखि १९ नै कायम छ । केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको तालिकाअनुसार गाउँ वडा अधिवेशन आगामी साउन १२ गते हुनेछ ।

    गाउँ,नगरपालिका साउन १६, प्रदेश क्षेत्रीय साउन २०, प्रतिनिधिसभा क्षेत्रीय (एक निर्वाचन क्षेत्र भएको जिल्लाको समेत) साउन २३, दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुनेछन् ।

    बैठकमा कोरोना महामारीका बीच उक्त अधिवेशन कसरी सम्पन्न गर्नेबारे बहस भइरहेको छ । विहीबार १२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा बिहीबारको बैठकमा बोलेका अधिकांश नेताले विपक्षी गठबन्धन कसिलो बनाउँदै लग्नुपर्नेमा जोड दिएका थिए । विपक्षी गठबन्धनले निरन्तरता दिनु अहिलको आवश्यकता भएको नेताहरुको भनाइ थियो । नेताहरुले बोल्न क्रम नसकिएपछि आज पनि बैठक बस्न लागेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.