सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाकाली अस्पतालमा भौतिक पूर्वाधार निर्माण हुँदै


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार ११:११ 
  • कञ्चनपुर, ४ असार । महाकाली प्रादेशिक अस्पतालमा ठूलो लगानीमा पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिक बनाएपछि अस्पतालको गुरुयोजनाअनुसार पूर्वाधार निर्माण गर्न लागिएको हो । अस्पतालमा रु ३० करोड लगानीमा प्रसूति सेवा र बालरोग भवन (ब्लक) बनाउने प्रक्रिया अघि बढेको छ ।

    शहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण हुने स्थानको माटो परीक्षण गरेको छ । विभागको प्राविधिक टोलीले निर्माणस्थल स्थलगत निरीक्षण गरी माटो परीक्षण गरेको छ । माटो परीक्षणका लागि विभागका इञ्जीनियरद्वय प्रवीण शाह र पुजन न्यौपाने बिहीबार अस्पताल आइपुग्नुभएको छ । भवन निर्माणसम्बन्धी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर र निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा हरिकुमार श्रेष्ठसँग छलफल गर्नुभएको छ । समितिका अध्यक्ष जोशीले अस्पतालको गुरुयोजनाअनुसार प्रसूति सेवा र बालरोग सेवाका लागि भवन बनाउन लागिएको बताउनुभयो ।

    “अस्पतालको गुरुयोजनाअनुसार सबै नयाँ संरचना बनाउने लक्ष्य छ । त्यसअनुसार यस वर्ष शहरी विकास तथा भवन निर्माण विभागले भवन बनाउन माटो परीक्षण गरेको छ”, उहाँले भन्नुभयो, “माटो परीक्षण गरिएको छ, यसपछि अन्य प्रक्रिया अघि बढेर कार्य शुरु हुन्छ ।” महाकाली अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष अशोकप्रसाद पाण्डेयको पालामा गुरुयोजना बनाइएको थियो । भीमदत्त नगरपालिकाको सहयोगमा अध्यक्ष पाण्डेयले गुरुयोजना बनाउनुभएको थियो ।

    गुरुयोजनाअनुुसार बन्ने प्रसूति र बालरोग सेवाको भवन चार तलाको हुनेछ । ती दुवैमा ५०-५० शय्या व्यवस्थापन गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताउनुभयो । “अहिले पुरानो साँघुरो भवनमा प्रसूति सेवा दिने गरिएको छ, बालरोगका लागि भवन अभाव नै छ”, उहाँले भन्नुभयो, “अब नयाँ भवन बनेपछि त्यसमा दुवैका ५०-५० शय्या व्यवस्थापन गर्ने लक्ष्य छ ।”

    शहरी विकास तथा भवन निर्माण विभागका प्राविधिकले माटो परीक्षणको नतिजापछि भवन निर्माण प्रक्रिया ठेक्कामा गएर शुरु गरिने जानकारी दिएको अध्यक्ष जोशीले बताउनुभयो । महाकाली अस्पतालका बासिन्दालाई स्वास्थ्य सेवा प्रवाहका लागि चार दशकअघि महाकाली अस्पताल स्थापना गरिएको थियो ।

    प्रविधिमैत्री बन्दै शुक्लाफाँटाको कोभिड अस्पताल

    शुक्लाफाँटा नगरपालिका–४ मा सञ्चालना रहेको कोभिड अस्पताल प्रविधिमैत्री भएको छ । कोरोनाका गम्भीर बिरामीको स्वास्थ्य परीक्षणका लागि आवश्यक मेसिन अस्पतालमा उपलब्ध गरिएका छन् । अस्पतालमा उपचारका लागि पुग्ने बिरामीका लागि अक्सिजनसहित एक्सरे, इसिजीलगायतका मेसिनको व्यवस्था छ ।

    सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट अस्पतालका लागि आवश्यक मेसिन उपलब्ध गराइएका हुन् । “मेसिन सञ्चालनका लागि आवश्यक जनशक्तिको अभाव छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले भन्नुभयो, “धेरै पहलपछि मेसिन ल्याउन सकेका छौँ, जनशक्तिको पनि छिट्टै व्यवस्था गर्छौँ ।”

    अल्ट्रासाउण्ड मेसिनको समेत माग गरिएको उल्लेख गर्दै उहाँले केही दिनभित्रै सो मेसिन उपलब्ध गराइने जानकारी प्राप्त भएको बताउनुभयो । नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा निःशुल्क उपचारसँगै औषधि र चित्कसकीय सेवासमेत उपलब्ध गराउँदै आएको छ । “अस्पतालका सबै सेवा निःशुल्क गरेका छौँ”, नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “कोरोनाका बिरामीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म पु¥याउन लागि निःशुल्क एम्बुलेन्ससँगै बजारमा महङ्गोमा पाइने औषधि आवश्यकताका आधारमा निःशुल्क उपलब्ध गराइँदै आएको छ ।”

    कोभिड अस्पताल १५ शय्याको छ । अस्पतालमा २४सै घण्टा सेवा दिने व्यवस्था गरिएको छ । अस्पतालबाट हालसम्म ५५ जना बढीलाई सेवा दिइएको छ । अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्करूपमा पिसिआर जाँचका लागि नमूना सङ्कलन गर्ने कार्यसँगै अवस्था गम्भीर रहेका बिरामीको एन्टिजेनबाट समेत परीक्षण गर्ने व्यवस्था गरिएको छ । अस्पताललाई अझै व्यवस्थित बनाउनका लागि कार्य अगाडि बढाइएको छ । कोभिड अस्पताल सञ्चालनपछि स्थानीय बासिन्दाले सहजरूपमा सेवा पाएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.