सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अवरुद्ध टेलिफोन सेवा सञ्चालन


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १२:५८ 
  • किमाथाङ्का, ४ असार । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन भएको छ ।

    दुर्गम उत्तरी क्षेत्र भोटखोलामा २० दिनदेखि अवरुद्ध टेलिफोन सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको हो । भोटखोलाको अवरुद्ध टेलिफोन सेवा २० दिनपछि पुनः सञ्चालन भएको दूर सञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिनुभयो ।

    टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका थिए । अवरुद्ध टेलिफोन सेवा लामो प्रयासपछि आज बिहान १०ः०० बजेदेखि पुनः सञ्चालन भएको सूचना अधिकारी मोक्तानले बताउनुभयो ।

    मकालु गाउँपालिकाको भाटभटेनीको रेडियो डिभाइसमा खराबी देखिएपछि भोटखोलाको माक्पालुङको टावरमा लिङ्क नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.