राष्ट्रिय

गैडाकोटबाट १० जना जुवाडे पक्राउ
-न्युजभित्तो

गैडाकोट,३१ जेठ । नवलपुर गैडाकोटको दुई स्थानबाट गैडाकोट प्रहरीले तास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । गैडाकोट १३ मा रहेको प्रेमबहादुर भण्डारीको खाजार घरबाट नगद ६२ हजार ७ सय २५ रुपैयाँ र ४ बुक तास सहित ७ जनालाई र...

कृषि मन्त्रालयले भन्यो- मलको चिन्ता नलिनुस्, कृषि सामाग्री कम्पनी भन्छ- अझै पर्याप्त छैन
-न्युजभित्तो

काठमाडौं,३१ जेठ । कृषि मन्त्रालयले धान रोप्ने समयमा वर्षेनी रासयनिक मलको चरम अभाव खेपेका किसानलाई यो वर्ष भने मलका लागि चिन्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयका अनुसार अहिले सरकारसँग ९० हजार मेट्रिक टन रासयनिक मल मौज्दात छ भने चीन...

प्रभासको फिल्म आदिपुरुषले निर्माणको क्रममै बाहुबलीको रेकर्ड तोड्ने
-न्युजभित्तो

काठमाडौं, ३१ जेठ। प्रभास स्टारर फिल्म आदिपुरुष अहिलेको बहुप्रतिक्षित फिल्म हो । आदिपुरुषमा प्रभासलाई भगवान रामको रुपमा देखिनेछ । रावणको भूमिकामा सैफ अली खान, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सनी सिंह हुनेछन् । ओम राउतको निर्देशनमा बन्ने यो फिल्म...

सोमबार थप ७०० रुपैयाँले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । आइतबार नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य थप सोमबार ७०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९३ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै,...

जोकोभिचले जिते फ्रेन्च ओपन
-न्युजभित्तो

काठमाडौं,३१ जेठ । विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपनको उपाधि जित्दै ग्राण्ड्सलाम उपाधि संख्या १९ पुर्‍याएका छन्। सर्बियन खेलाडी जोकोभिचले ग्रीसका स्टेफानोस सिसिपासलाई रोमाञ्चक खेलमा ३-२ ले हराएर उपाधि जिते । उनले रोनाल्ड ग्यारोमा उपाधि जितेको यो...

बैतडीमा असार १५ सम्म निषेधाज्ञा
-न्युजभित्तो

बैतडी, ३१ जेठ। भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन...

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
-न्युजभित्तो

दमक, ३१ जेठ । दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दमक–५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोस्रो...

एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना
-न्युजभित्तो

काठमाडौं, ३१ जेठ ।पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई आकस्मिक कक्ष (इर्मजेन्सी)मा भर्ना गरिएको छ । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । खनाललाई यसअघि कोरोना भएको थियो । कोरोनामुक्त भएपछि अस्पतालबाट...

पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न– प्रदेश सरकार
-न्युजभित्तो

गण्डकी, ३१ जेठ । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो...

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे
-न्युजभित्तो

सिमकोट, ३१ जेठ । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ । गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचारका लागि...