सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १२:५३ 
  • पोखरा,४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् ।

    मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् । अहिले उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ ।

    निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि प्रतिपक्ष दलको गठबन्धका तर्फबाट पोखरेल जेठ २९ गते मुख्यमन्त्री बेनका थिए ।

    संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आज मत मागेका हुन् ।

    काँग्रेसबाट मुख्यमन्त्री बनेका पोखरेललाई माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका साथै स्वतन्त्र सांसद दीपक मनाङेको साथ रहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.