अर्थ / बाणिज्य

पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यासको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु एक र डिजेल÷मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ । एलपी...

सौराहाचोक र टाँडीचोकमा आकाशे पुल बनाउँदै रत्ननगर नगरपालिका

चितवन । रत्ननगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने सौराहाचोक र टाँडीचोकमा आकाशे पुल निर्माण गर्न लागिएको हो । नगरपालिकाका प्रमुख नारायण वनका अनुसार यसै आर्थिक वर्षबाट काम शुरु...

संसारभरका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह : लगानीमैत्री वातावरण छ, ढुक्क भएर लगानी गरौँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसारभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गर्नुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका झण्झट हटाई वर्तमान सरकारले लगानीमैत्री...

तातोपानी नाकाबाट ५३ लाख राजश्व सङ्कलन, राजश्व सङ्कलन पहिलेकै अवस्थामा फर्कने अपेक्षा

मेलम्ची । चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ । चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो...

राष्ट्र बैंकले ल्यायो मौद्रिक नीति, आर्थिक वृद्धिको लक्ष्य पछ्याउने प्रयास

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम एवं नेपाल सरकारको १५औँ योजनासँग सामञ्जस्ता कायम गरी देशको आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका निम्ति आज जारी भएको उक्त नीतिले...

झण्डै ४५ प्रतिशत वन क्षेत्र, वार्षिक साढे छ अर्बको काठ आयात

भीष्मराज ओझा/रासस काठमाडौँ । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे छ अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष...

चिनियाँ प्राध्यापकद्वारा दासढुंगादेखि गाँजीपुरसम्मको अवलोकन, यस क्षेत्रको विकासका लागि सहयोग जुटाउन पहल गर्ने

चितवन ।  चिनिया प्राध्यापक झाङ सुविन (Zhang Shubin), राष्ट्रपति कार्यालयका विज्ञ समूह सदस्य माधव शर्मा सहितको टोलीले जिल्लाको दासढुंगादेखि गाँजीपुरसम्मको क्षेत्रको अध्ययन अवलोकन गरेको छ । मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा मंगलबार उक्त क्षेत्रको अवलोकन गरिएको हो । तत्कालिन नेकपा...

रंगशाला निर्माणमा जुर्मुराए चितवनवासी, डा. भट्टराई एक्लैले दिनुभयो दश लाख

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न चितवनवासी जुर्मुराएका छन् । केही समय स्थगित भएको रंगशाला निर्माणको काम शुरु भएको दिन मंगलबारबाट सहयोगदाताहरु जुर्मुराएका हुन् । मंगलबार साँझ आयोजित एउटै कार्यक्रममा २४ लाख रुपैयाँ भन्दा बढी सहयोग रकम उठेको...

तारापुञ्ज सहकारीको सेवा केन्द्र पश्चिम चितवनको शुक्रनगरमा

चितवन । भरतपुरको हाकिमचोकमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पहिलो शाखा कार्यालयको रुपमा पश्चिम चितवनको शुक्रनगरमा सेवा केन्द्र बिस्तार गरेको छ । सहकारीले भरतपुर महानगरपालिका वडा नम्वर २५ शुक्रनगर शोसी बजारमा सेवा केन्द्र बिस्तार गरेको हो...

राष्ट्र बैंकको निर्देशन : सेवाग्राहीसँग चर्को सेवा शुल्क नलिनु

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै शीर्षकमा बढी रकम लिएको...