सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दिउँसोको समयमा व्यवसाय संचालन गर्न दिन चितवनका उद्योगी व्यवसायीहरुको माग


  •    न्युजभित्तो/२१ जेष्ठ २०७७, बुधबार १९:३७ 
  • चितवन । यहाँका उद्योगी व्यवसायीहरुले दैनिक ६ घण्टा दिउँसोको समयमा उद्योग कलकारखा, व्यापार व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गरेका छन् । उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, चेम्बर अफ कमर्श चितवन, रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ र राप्ती उद्योग वाणिज्य संघले बुधबार संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय, चितवन समक्ष उद्योग र व्यापार व्यवसाय संचालनका लागि समन्वय गरिदिन माग गरेका हुन् ।

    उनीहरुले बैंक तथा वित्तिय संस्थाहरु पूर्णकालिन रुपमा संचालन गरिनुपर्ने, अन्य व्यापार व्यवसाय विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन गर्न पाउनु पर्ने र आन्तरिक राजश्व विभागबाट जारी गरिएको कर तथा राजश्व बुझाउनुपर्ने समयसीमा लकडाउन सकिएको तीन महिनासम्म थप गर्न माग गरेका छन् ।

    यस्तै दैनिक उपभोग्य वस्तु एवं नेपाल सरकारद्वारा निर्दिष्ट गरिएका उद्योग व्यवसायहरु यथावत रुपमा संचालन गरिनुपर्ने उनीहरुको माग गरेको छ । प्रशासनलाई बुझाइएको मागपत्रमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेल, चेम्बर अफ कमर्सका उपाध्यक्ष गोपाल भट्टराई, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटा र राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेलले हस्ताक्षर गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.