सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती नगरपालिकाले सार्वजनिक ग-यो कोरोना नियन्त्रण खर्च


  •    न्युजभित्तो/६ असार २०७७, शनिबार १७:५४ 
  • चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न हालसम्म रु ८९ लाख ४३ हजार ४३० खर्च गरेको छ । नगर प्रमुख प्रभा बरालले कोरोना तीन महिनामा राहतसहित विभिन्न शीर्षकमा सो रकम खर्च भएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार राहतमा रु ६५ लाख ३१ हजार २५६, स्वास्थ्य सामग्री खरिदमा रु आठ लाख ९६ हजार ७६१, क्वारेन्टिनमा रु दुई लाख ८२ हजार ६१२ खर्च भएको छ । यस्तै क्वारेन्टिनमा रहेको व्यक्तिको खाना, खाजा खर्चमा रु सात लाख ४९ हजार २७०, सवारी चालकका लागि रु एक लाख २२ हजार ८३०, कोरोना बीमा रु एक लाख ३७ हजार ४२०, इन्धन खर्च रु ४१ हजार ४२, एम्बुलेन्स भाडा रु ३५ हजार २२० र अन्यमा एक लाख ४१ हजार नौ खर्च भएको छ । सो खर्चलाई कार्यपालिका बैठकले अनुमोदन समेत गरेको छ ।

    नगरपालिकाका १२१ जनाले १८ देखि २१ दिन क्वारेन्टिनमा बसेको उहाँले जानकारी दिनुभयो । ती मध्ये १३ महिला, १०१ पुरुष, तीन बालबालिका, दुई गर्भवती र दुई वृद्धा रहेका छन् । १३ वटा वडामा ६४ हजार जनसङ्ख्या रहेको सो नगरपालिकाले छ हजार ५३२ जनालाई राहत वितरण गरेको जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.